प्रमुख समाचार

पत्थरीको शल्यक्रियाका क्रममा बिरामीको मृत्यु भएपछि कैलालीको स्वस्तिक अस्पतालमा तनाव

इकागज | भदौ ११, २०८०

कैलाली- कैलालीको धनगढीस्थित स्वस्तिक कार्डियो एन्ड मल्टिस्पेसियालिटी अस्पतालमा तनावको स्थिति सृजना भएको छ । पत्थरीको शल्यक्रियाका क्रममा बिरामीको मृत्यु भएपछि ​अस्पतालमा तनावको स्थिति सृजना भएको हाे । मृतकका आफन्तहरूले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै शव नबुझ्ने बताएका छन् ।

अस्पताल प्रशासनले भने लापरबाहीका कारण नभइ ‘दुर्घटनावश’ बिरामीको मृत्यु भएको बताउँदै आएको छ ।

दुई पक्षीय सहमतिका लागि अस्पतालमा छलफल भने जारी छ । मृतकका आफन्त र अस्पताल प्रशासन बीच छलफल भइरहेको छ ।

घटना विवरण 

दुवै मिर्गौलामा ११ र ९ एमएमका दुई पत्थरी देखिएका कञ्चनपुरको बेलौरी नगरपालिका–१०, शिवनगरका ५७ वर्षीय ऐजनलाल चौधरीलाई शनिबार दिउँसो अस्पतालमा भर्ना गरिएको थियो ।

शनिबार दिउँसो नै उनको पीसीएनएल विधिबाट बायाँ मिर्गौलामा रहेको पत्थरी झिकिएको थियो । तर, साँझ ८ बजे चौधरी बेहोस भएको र निरन्तर रक्तस्राव भएको मृतकका आफन्तले बताएका छन् । मिर्गौलाको नशा काटिएर रक्तस्राव भइ पेट फुलेको आफन्तको भनाइ छ ।

रक्तस्राव नरोकिएपछि चिकित्सकले बायाँ मिर्गौला शल्यक्रिया गरी झिकेका थिए । त्यसपछि अवस्था जटिल भएका चौधरीको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा आइतबार बिहान ९ बजेतिर उनको  मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । 

अस्पतालका अध्यक्ष महेश जोशीले लापरबाहीका कारण नभइ दुर्घटनावश बिरामीको मृत्यु भएको बताए ।  उनले अत्यधिक रक्तस्राव भएपछि मिर्गौला निकाल्नुको विकल्प नरहेको बताउँदै अस्पतालको लापरबाहीले नभएर उनको उपचारकै क्रममा मृत्यु भएको बताए ।

बागमती सभ्यता

शुरज थपलिया | भदौ १०, २०८०

दक्षिणतर्फ ललितपुर र पूर्वतर्फ भक्तपुरको मध्ये भागमा इतिहासदेखि नै सम्पन्न र समृद्ध रहेको सहरको नाम हो ...

धादिङबेसी रुवीभ्याली जोड्ने मुख्य मार्ग दुई सातादेखि अवरुद्ध

इकागज | भदौ १०, २०८०

मलेखु- धादिङको उत्तरी क्षेत्रमा पर्ने रुवीभ्याली पुग्ने मुख्य गन्तव्य पहिराेले अवरुद्ध भएको छ । सदरमुकाम धा...

समितिमा ३३ प्रतिशत महिलाको अधिकार दिनबाट सरकार चुक्यो : सांसद पराजुली

इकागज | भदौ १०, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले समितिमा ३३ प्रतिशत महिलाको अधिकार दिनबाट सरक...

सभापतिको बदला कोशीमा सघाउने सौदाबाजी राप्रपाले गरेकाे छैन : उम्मेदवार सिंह

इकागज | भदौ १०, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले समिति सभापतिको बदला कोशी प्रदेशमा सत्ता ...