Ekagaj Logo
२३ कात्तिक २०८१, शुक्रबार
(Friday, 08 November, 2024)

प्रमुख समाचार

प्रतिनिधिसभा बैठक भोलि बस्ने, यस्तो छ कार्यसूची

इकागज | भदौ २, २०८०

काठमाडौं - प्रतिनिधिसभाको बैठक भोलि बस्दै छ। दोस्रो अधिवेशनको ४९औं बैठक बस्न लागेको हो। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक सुरु हुने तय छ।

बैठकका लागि संसद् सचिवालयले विभिन्न सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनेछन्।

सभामुख घिमिरेले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनेछन्। यस्तै, उनले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ।

बैठकमा सभामुख घिमिरेले सांसद टोपबहादुर रायमाझीको पद निलम्बन भएको जानकारी गराउनेछन्। उनले सांसद सुनीलकुमार शर्मा पक्राउ परेको र थुनामुक्त भएको जानकारी पनि गराउनेलगायत सम्भावित कार्यसूची छन्।

यी अधिकांश सम्भावित कार्यसूची यसअघिकै बैठकका लागि तय गरिएको थियो। तर, लगातार अवरुद्ध गरिँदा बैठकका काम–कारबाही प्रभावित हुँदै आएको छ।

६० किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले बैठक अवरुद्ध गर्दै आएका छन्। सरकारी निकायले नै उक्त प्रकरणको अनुसन्धान गरिरहेकाले अर्को समिति आवश्यक नभएको सत्तापक्षले तर्क गरिरहेको छ। छानबिन समिति नबनाएसम्म बैठक सञ्चालन गर्न नदिने एमालेको अडान कायमै छ।

कांग्रेसको लक्ष्य नागरिकलाई समृद्धिको पहुँचमा पुर्‍याउनु हाे : अर्थमन्त्री

इकागज | भदौ २, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले कांग्रेसको लक्ष्य भनेको आर्थिक...

राज्यका जिम्मेवार संयन्त्रले काम गरिरहेकाले उच्चस्तरीय समिति आवश्यक छैन : गृहमन्त्री श्रेष्ठ

इकागज | भदौ २, २०८०

कास्की- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन काण्डको अनुसन्धानलाई अन्तिम निष्कर्षमा पुर्&zwj...

कोशीमा विश्वासको मत दिनेलाई मन्त्री र १० करोडको प्रस्ताव : राजेन्द्र लिङ्देन

इकागज | भदौ २, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा विश्वासको मत लिने दिनको टुं...

जता हेर्‍यो भताभुङ्ग छ, देशको अवस्था हेर्दा आँसु आउँछ : शेखर कोइराला

इकागज | भदौ २, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको अवस्था हेर्दा आँसु आउने र दिक्क लाग्ने बताएक...