प्रमुख समाचार

शुक्रबारदेखि तातोपानी नाका खुल्ने

इकागज | भदौ १४, २०८०

सिन्धुपाल्चोक- चीनसँगको उत्तरी सीमानाका तातोपानी शुक्रबारदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबारदेखि खुल्ने भएको हो । 

गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।  “नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौँ”, उनले भने । 

विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो । प्रजिअ न्यौपानेले यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रबारदेखि स्थानीयको आवागमन खुल्ला गरिएको बताए । उनका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् । रासस

काठमाडौँबाट केरुङ हुँदै हुम्ला आइपुग्यो चार हजार क्विन्टल खाद्यान्न

इकागज | भदौ १४, २०८०

सिमकोट - काठमाडौँबाट केरुङ हुँदै हुम्लाका लागि आएको खाद्यान्न हिल्सा आइपुगेको छ । खाद्यान्न लोड भए...

उत्तरगङ्गा ढोरबराहमा जनैपूर्णिमा मेला, बिहानैदेखि दर्शनार्थीको घुइँचो

इकागज | भदौ १४, २०८०

ढोरपाटन- उत्तरगङ्गा ढोरबराह मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । ऐतिहासिक महत्वको प्रसि...

सुन प्रकरणका आरोपी दावा छिरिङले निमा तामाङको नाममा नागरिकता लिएको पुष्टि

इकागज | भदौ १४, २०८०

काठमाडौँ - सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्...

जनताको दैनिक जीवनमा परिवर्तन ल्याउन सरकार क्रियाशील छ : प्रधानमन्त्री प्रचण्ड

इकागज | भदौ १४, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्...