प्रमुख समाचार

कृषिको कार्यक्षेत्र धेरै रहेकाले समन्वयकारी भूमिका निभाउनेछु : आरजु राणा

इकागज | भदौ ११, २०८०

काठमाडौँ- प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आरजु राणा देउवा निर्वाचित भएकी छिन् ।

सोमबार भएको समितिको बैठकमा समितिका ज्येष्ठ सदस्य नवलकिशाेर साह सुडीले देउवा सर्वसम्मत रूपमा निर्वाचित भएको घोषणा गरेका हुन् । निर्वाचित भएपछि देउवाले सबैसँग समन्वय गरेर समितिको बैठकलाई प्रभावकारी तवरले सञ्चालन गर्ने बताइन् । उनले संविधान अनुरूप र जनताको आशा अनुरूप सरकारलाई सुझाव दिने बताइन् । उनले कृषि वृहत् क्षेत्र रहेको भन्दै आफूले सदैव समन्वयकारी भूमिका निर्वाह गरेर अघि बढ्ने बताइन् ।

राणाले सम्बद्ध मन्त्रालयलाई आवश्यक अनुसार निर्देशन दिइने र सरकारको काम गर्ने शैलीमा सुधार ल्याउन समितिले अग्रणी भूमिका खेल्ने बताइन् ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक छिटो पारित गराउन पहल गर्छु : सभापति सुवेदी

इकागज | भदौ ११, २०८०

काठमाडौँ- कानुन, न्याय तथा मानव अधिकार समितिकाे नवनिर्वाचित सभापति विमला सुवेदीले संक्रमणकालीन ...

पत्थरीको शल्यक्रियाका क्रममा बिरामीको मृत्यु भएपछि कैलालीको स्वस्तिक अस्पतालमा तनाव

इकागज | भदौ ११, २०८०

कैलाली- कैलालीको धनगढीस्थित स्वस्तिक कार्डियो एन्ड मल्टिस्पेसियालिटी अस्पतालमा तनावको स्थिति सृजना भए...