प्रमुख समाचार

मन्त्री ज्वाला र रूसी राजदूतबीच भेटवार्ता

मेट्रो रेल निर्माणका लागि रूसी रेल्वे कम्पनी तयार, ठोस प्रस्ताव माग

इकागज | भदौ ४, २०८०

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मेट्रो रेल निर्माणका विषयमा यहाँस्थित रूसका राजदूतलगायतसँग छलफल गरेका छन् । आज नेपालका लागि रूसी राजदूत अलेक्सी नोमिकोसहितको टोलीसँग मेट्रो रेल, सडक, सुरुङ मार्ग र रेलका विषयमा छलफल भएको मन्त्रालयका सहसचिव अर्जुन थापाले जानकारी दिए । 

रूसको मस्को मेट्रो रेल विश्व प्रख्यात मानिन्छ । रूसको सहयोगमा विश्वका धेरै देशले मेट्रो रेल सञ्चालन गरेका छन । भारतका विभिन्न ठाउँमा पनि रूसी मेट्रो रेल नै सञ्चालन हुँदै आएको छ । 

मन्त्री ज्वालाले काठमाडौँ उपत्यकामा मेट्रो रेल र पूर्वपश्चिम रेल मार्गका विषयमा छलफल गरेका हुन् । केही समयमै रूसी संसद्का अध्यक्ष भ्याचिसलोभ भिक्टोरोभिज भोलोडिन नेपाल भ्रमणमा आउँदै छन् । उनको भ्रमणअघि मेट्रो रेल, पूर्वपश्चिम रेलमार्ग र भौतिक पूर्वाधारका विषयमा छलफल गर्न रूसी टोली भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आएको मन्त्री ज्वालाको सचिवालयले जनाएको छ । 

छलफलमा मन्त्री ज्वालाले काठमाडौँ उपत्यकामा सञ्चालन गर्ने गरी मेट्रो रेलको प्रस्ताव गरेका थिए । 'मेट्रो, पूर्वपश्चिम रेल, सुरुङ मार्गलगायतका विषयमा छलफल भयो,' मन्त्रालयका सचिव केशवकुमार शर्माले भने । 

जवाफमा रूसी राजदूतले मेट्रो रेल निर्माणका लागि रूसी रेल्वे कम्पनी तयार रहेको बताएका थिए । त्यसका लागि ठोस प्रस्तावसमेत माग गरिएको छ । यस्तै, पोखरा–रिडी सडकका विषयमा पनि चासो देखाएको बताइएको छ । रूसी पक्षको चासोलाई मन्त्रालयले प्राथमिकतामा राखेको सहसचिव थापाले बताए । छलफलका क्रममा मन्त्री ज्वालाले नेपालका सयौँ इन्जिनियरहरूले रूसबाट तालिम र शिक्षा लिएको र उनीहरूको दक्षताले नेपाललाई सहयोग पुगेको बताएका थिए । रासस

प्राचीन सहर बनेपा : जहाँ बर्सेनि हजारौँ कन्या पुजिन्छन्

काभ्रेपलाञ्चोक- प्राचीन सहर बनेपा, जहाँ छोराभन्दा बढी छोरीलाई महत्व दिइन्छ । काभ्रेपलाञ्चोकको यस सहरमा &l...

जानकी आँखा अस्पताल : जहाँ पैसाको अभावमा उपचारबिना फर्किनुपर्दैन

इकागज | भदौ ४, २०८०

जनकपुरधाम। जानकी आँखा अस्पतालले मधेस प्रदेशमा मात्र नभई सीमावर्ती भारतीय नागरिकलाई समेत आफ्नो सेवा पुर्...

जब विश्वकप जिताएपछि मात्र कार्मोनाले थाहा पाइन् बुवा बितेको खबर…

इकागज | भदौ ४, २०८०

काठमाडौँ- स्पेनलाई फिफा महिला विश्वकपको उपाधि दिलाउन निर्णायक गोल गरेकी कप्तान ओल्गा कार्मोनाले फाइनल ख...

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको आज संसदीय सुनवाई हुँदै

इकागज | भदौ ४, २०८०

काठमाडौँ- सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठमाथि संसदीय सुनुवाइ हुँदैछ...