Ekagaj Logo
२३ कात्तिक २०८१, शुक्रबार
(Friday, 08 November, 2024)

प्रमुख समाचार

सुन तस्करी प्रकरण

सूचना संकलन गर्न सिआइबीका एसएसपीलाई हङकङ पठाइँदै

इकागज | भदौ १२, २०८०

काठमाडौँ- ६१ किलो सुन तस्करी प्रकरणमा विदेशी नागरिकको संलग्नता देखिपछि इन्टरपोलको सहयोग मागेको नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का एक जना अधिकृतलाई सूचना सङ्कलनका लागि हङकङ पठाइने भएको छ । 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज आचार्यलाई हङकङ पठाउने जानकारी दिए । चाँडै आचार्य हङकङ जाने पनि उनले बताए । गएको साउन ३ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । 

त्यसको दुई सातापछि सुन प्रकरणको अनुसन्धान सिआइबीले गरिरहेको छ । सिआइबीले यही भदौ ८ गते आवश्यक सूचना र जानकारी भए सिआइबीलाई उपलब्ध गराइदिन सार्वजनिक अनुरोध गरिसकेको छ । सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेकाले त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि यसअघि नै प्रहरीले पत्राचार गरिसकेको छ । सुन प्रकरणमा प्रहरीले २३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 

सुन तस्करी प्रकरणमा छानबिन आयोग गठन गर्ने दलहरूबीच सहमतिपछि लामो समयदेखि अवरुद्ध बनेको संसद् सञ्चालन भएको थियो ।

प्रमाणले बोल्ने मानिसलाई कानुनले पक्रन बाटो खोलिदिकाले कारबाही गर्छौं : एसएसपी राठौर

इकागज | भदौ १२, २०८०

काठमाडौँ- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले कानुन बमोजिम काम गर्...

राष्ट्रिय योजना आयोगको काम कारबाहीप्रति राष्ट्रिय सभा अध्यक्षको असन्तुष्टि

इकागज | भदौ १२, २०८०

काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय योजना आयोगको काम कारबाहीप्रति असन्...

सरकारले खिचडीजस्तो बनाएर विधेयकहरू संसद्‍मा पेस गर्नुहुन्न : सोविता गौतम

इकागज | भदौ १२, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विध...

राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण कांग्रेसलाई स्वीकार्य छैन : गगन थापा

इकागज | भदौ १२, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण नेपा...

सर्वोच्च अदालतका न्यायाधीशहरूलाई ‘अपराधी’ को संज्ञा, महाअभियोग लगाउन संसदमा माग

इकागज | भदौ १२, २०८०

काठमाडौं - संसदमा न्यायाधीहरूलाई ‘अपराधी’को संज्ञा दिँदै महाअभियोग लगाउन माग गरिएको छ ।...

जातीय राज्य स्थापित गराइ छाड्छु भन्ने प्रधानमन्त्रीको भनाइ असंवैधानिक छ : एमाले सांसद गिरी

इकागज | भदौ १२, २०८०

काठमाडौँ–एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहालले ‘म जातीय राज्य स्थाप...