प्रमुख समाचार

आजबाट घटेकाे मूल्यमा पेट्रोलियम पदार्थ पाइने

इकागज | असार १९, २०८०

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।​ सोमबार बसेको निगमको बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।


निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५/५ रुपैयाँ मूल्य घटाएको छ । त्यस्तै तराईको हकमा प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ भने सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटाएको निगमले जनाएको छ ।


त्यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा बाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटेको निगमले जनाएको छ ।


निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ ।

कोशी प्रदेशमा कांग्रेस नेतृत्वकाे सरकार बनाउने सत्ता गठबन्धनको निर्णय

इकागज | असार १८, २०८०

काठमाडौँ- सत्तारूढ गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्...

निर्वाचन आयोगको निर्णय : समानुपातिकतर्फ विदेशबाटै मतदानको व्यवस्था

इकागज | असार १८, २०८०

काठमाडौँ– राष्ट्रिय निर्वाचन आयोगले विदेशबाटै प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्ने व्यवस्था मि...

दलितमाथि विभेद गर्नेलाई कारबाहीको प्रक्रिया अघि बढाई जानकारी गराउन सरकारलाई निर्देशन

इकागज | असार १८, २०८०

काठमाडौँ- ​राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले दलितमाथि विभेद गर्नेलाई कारबाहीको प्रक्रिया अघि ब...

एसइई नतिजा सार्वजनिक गर्ने तयारी, कुन पद्धतिमा प्रकाशित गर्नेबारे आज बैठक बस्दै

इकागज | असार १८, २०८०

काठमाडौँ- परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक ग...

वाम एकताको कुराबाट कांग्रेस तरंगित हुनुपर्दैन : प्रधानमन्त्री प्रचण्ड

इकागज | असार १८, २०८०

काठमाडौँ- प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकताको कुराबाट कां...