अग्रगमन विरोधी मोर्चासँग तर्सिएका छन् : माधव नेपाल
काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मोर्चा बनाएर कसैलाई घुर्क्याउन नखोजेको बताएका छन्।
सोमबार राष्ट्रिय सभा गृहमा भएको समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कसैलाई घुर्क्याउन समाजवादी मोर्चा नबनेको बताएका हुन् ।
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काउँदै कांग्रेसलाई तर्साउन र एमालेसँग मुकाबिला गर्न मोर्चा नबनाएको बताए ।
‘कुनै पार्टीलाई हामीले घुर्क्याउन खोजेका हैनौं । कसैलाई दबाब दिन पनि हामीले चाहेका हैनौं । कसैलाई तर्साउन पनि चाहेका हैनौं । नतर्सिनुस्, ढुक्क हुनुस्,’ उनले भने ।
उनले पहिलो पटक मोर्चा नबनाएको बताए । उनले ४८ सालमा र ६२/६३ को आन्दोलनमा पनि मोर्चा बनाएको स्मरण गरे ।