Ekagaj Logo
२९ कात्तिक २०८१, बिहीबार
(Thursday, 14 November, 2024)

प्रमुख समाचार

माडी नगरपालिकामा हुँदै नभएको वडा तोकेर बजेट विनियोजन

इकागज | जेठ ३१, २०८०

चितवन - माडी नगरपालिकामा नौ वडा मात्रै रहेका छन् । विसं २०७१ मङ्सिर १६ गते माडी उपत्यकाका चार गाउँविकास समितिलाई समाहित गरेर एउटा नगरपालिका बनाइएको हो । 

गर्दी, बघौडा, कल्याणपुर र अध्योध्यापुरी गाउँविकास समितिलाई समाहित गरेर सो नगरपालिका बनाइएको थियो । सुरुवाती समयमा ११ वडा सिफारिस गरिएको भए पनि पछि सरकारले नौ वडा कायम गरेको थियो ।

संघीय सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा वडा नं १० लाई बजेट विनियोजन गरेको छ । माडी नगरपालिका वडा नम्बर १० तोकेर अर्थ मन्त्रालयले सर्शत अनुदानको बजेट पठाएको नगर प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिइन् । उनले भनिन्, “माडीमा वडा नं १० छँदै छैन तर रु १० लाख बजेट वडा नं १० भनेर छुट्टयाइएको छ ।” कार्यक्रम नै तोकेर बजेट विनियोजन गरिएको उनले बताइन् । 

नगरपालिकालाई दिइएको बजेट भएको भए आवश्यकताअनुसार खर्च गर्न सकिने भए पनि तोकेर नै पठाइएपछि के गर्ने भन्ने अन्योलमा परेको उनको भनाइ छ । स्यालोट्युवेल जडानका लागि रकम विनियोजन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिए । 

नगरपालिकामा नयाँ जनप्रतिनिधि आएसँगै पहिलो कार्यपालिका बैठकले माडीको बाँदरझुलालाई वडा नं १० बनाउन संघीय सरकारलाई सिफारिस गरेको छ । संघीय सरकारले निर्णय गरेको भने छैन । उनले भनिन्, “वडा सिफारिस गरिएको छ, तर निर्णय भइसकेको छैन, तर बजेट विनियोजन भएर आयो ।” अब यो बजेटलाई के गर्ने भन्ने विषयमा संघीय सरकारसँग कार्यान्वयनका क्रममा समन्वय गरिने उनले बताइन् । बजेट आएको भए पनि वडाको विषयमा आधिकारिक जानकारी नआएको उनको भनाइ छ । 

माडीमा अन्तर सरकारी वित्तीय रकम रु ४७ करोड ५१ लाख बजेट आएको छ । त्यसमध्ये समानीकरण अनुदान रु १२ करोड १५ लाख, नेपाल सरकारको समानीकरण न्यूनतम अनुदान रु तीन करोड ५० लाख, समानीकरण सुत्रमा आधारित अनुदान रु आठ करोड १४ लाख, समानीकरण कार्यसम्पादनमा आधारित अनुदान रु ५१ लाख रहेको छ । यस्तै शसर्त अनुदान रु ३० करोड ३६ लाख रहेको छ । संघीय सरकारले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, सामाजिक विकास लगायतका क्षेत्रमा बजेट तोकेर पठाएको छ । विशेष कार्यक्रमअन्तर्गत दुई  कार्यक्रम वडा नै तोकेर पठाइएको उनले बताइन् । रासस

नक्कली भूटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणका तर्फको बहस जारी

इकागज | जेठ ३१, २०८०

काठमाडौँ- नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट बहस आज पनि जारी रहेको छ ...

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय पुनरावलोकन गर्न सरकारलाई निर्देशन

इकागज | जेठ ३१, २०८०

काठमाडौँ- राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णयको पुनरावलोकन गर्न सर...

समाजवादी मोर्चा बन्छ, फेरि नयाँ नेकपा बनाउँछौँ : प्रधानमन्त्री प्रचण्ड

इकागज | जेठ ३१, २०८०

दाङ- प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि व्य...