प्रधानमन्त्रीलाई भेटेर सुदूरपश्चिममा दुई मन्त्री र एक राज्यमन्त्री दिन रेशमको माग
कैलाली- नागरिक उन्मुक्ति पार्टीले पूर्वसहमति अनुसार सुदूरपश्चिम सरकारमा आफूलाई दुई मन्त्री र एक राज्यमन्त्री दिन माग गरेको छ ।
सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत रहेकी उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीका साथै संरक्षक रेशम चौधरीबीच भएको भेटमा संरक्षक चौधरीले पूर्व सहमतिबाट सरकार पछि हट्न नमिल्ने स्मरण गराउँदै सहमति अनुसार सरकारमा सहभागीताका लागि सहज वातावरण मिलाउन प्रधानमन्त्रीसँग आग्रह गरेका छन ।
प्रधानमन्त्री प्रचण्डले उन्मुक्तिसँग भएको सहमति अनुसार नै मन्त्रालय उपलब्ध गराउने प्रतिबद्धता जनाएको संरक्षक रेशमले जानकारी दिए ।