प्रमुख समाचार

विद्यालयका कर्मचारीका मागप्रति सरकार गम्भीर बनोस् : मानवीर राई

इकागज | असार ४, २०८०

काठमाडौं – नेकपा एमालेका सांसद मानवीर राईले विद्यालयका कर्मचारीको आन्दोलनको विषय उठान गर्दै सरकारलाई यसप्रति गम्भीर हुन ध्यानाकर्षण गरेका छन् । ​सोमबारको प्रतिनिधिसभामा बोल्दै उनले विद्यालय शिक्षकहरूको न्यून तलबमा काम गर्नुपर्ने वाध्यतालाई औंल्याउँदै त्यसो भनेका हुन् । 

उनले भने, ‘ विद्यालय कर्मचारीहरू आन्दोलनमा छन् । १० हजार, १३ हजार तलबमा काम गर्नु परेको छ । उहाँहरूको मागप्रति सरकार गम्भीर बनोस् । उपयुक्त रोजगारको व्यवस्था गरोस् ।’

‘स्वदेशी किसानहरू आफ्ना उत्पादन फालेर बसेका छन्,’ उनले भने, ‘उनीहरूलाई उचित मूल्य दिलाउन सरकारले तदारुकता दिलाओस् ।’

बाढी पहिरो प्रभावित कोशीका पहाडी जिल्लामा आठ जनाको मृत्यु

बाबुराम भण्डारी | असार ४, २०८०

विराटनगर- शुक्रबारदेखि परेको अबिरल बर्षापछिको बाढी र पहिरोका कारण सोमबार बिहानसम्म कोशी प्रदेशका पहाड...

खोजी कार्य, उद्दार र राहतमा सम्पूर्ण संयन्त्र परिचालन गर्छौं : प्रधानमन्त्री प्रचण्ड

इकागज | असार ४, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत केही दिनयता आएको बाढीपहिरोका कारण द...