प्रमुख समाचार

प्रतिनिधिसभा बैठक बस्दै, बिनियोजन विधेयकमाथिको छलफल जारी रहने

इकागज | असार ४, २०८०

काठमाडौँ- प्रतिनिधिसभाको बैठक बस्दैछ । 

संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट सुरू हुनेछ । 

आजको बैठकमा विनियोजन विधेयक २०८० माथी छलफल जारी रहनेछ ।

जसअनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय माथीको बजेटमा छलफल हुनेछ।

प्रतिनिधि सभाको हिजोको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल सकिएको थियो । 

संसद्‌मा बडुले उठाए शिक्षक आन्दोलनको विषय : भन्छन्- प्रहरी दमन र तानाशाही प्रवृत्तिले समाधान हुँदैन

इकागज | असार ३, २०८०

काठमाडौँ– संसदमा देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूकाे केही दिनयता गरिरहेको आन्दोलनको विषय...