प्रमुख समाचार

जलन अपराधबारे समाचार बन्छ, तर सरकार र सदनसम्म पुग्दैन : सांसद कंसकार

इकागज | जेठ ३२, २०८०

काठमाडौँ– रास्वपा सांसद विन्दवासिनी कंसकारले देशमा धेरै शिक्षण अस्पताल खुले पनि ती अस्पतालमा जलन उपचारकक्षा नभएको बताएकी छन् । बिहीबार प्रतिनिधिसभामा बोल्दै कंसकारले मुलुकमा जलनको उपचार गर्ने अस्पताल सीमित भएको बताइन् । 

जलनका विषयले समाचार बने पनि त्यो विषय सरकार र सदनमा नउठ्ने उनको भनाइ छ । ‘जलन अपराधको घटनाले चर्चा पाउँछन्, समाचार बन्छन् । तर, दुर्भाग्यवस जलनको बारेमा सदन र सरकार सबै टाढा बस्छन् । नेपालमा सीमित जलन अस्पताल छन्,’ उनले भनिन्, ‘अनेकौँ टिचिङ अस्पताल खुलेका छन् । जहाँ चिचित्साशास्त्राको अध्ययन हुन्छ । तर, जलनको उपचारकक्ष त्यहाँ छैन ।’

सरकारलाई प्रश्न गर्दै उनले अगाडि सोधिन्, ‘यो किन ? अपूर्ण शिक्षा प्रदान गरेको हो कि गरिबले जलन भोग्ने भएकाले आर्थिक घाटा हुने बुझेर उपचार नदिएको हो ? ’

जलनका कारण अनेक भए पनि जलनपछि पीडितले भोग्नुपर्ने दुर्गती समान हुने उनको भनाइ छ । सरकार जलन अस्पताल निर्माणमा उदासीन रहेको उनको आरोप छ । 

कंसकार आफैँ ‘एसिड सर्भाइभर’ हुन् । उनीमाथि २०७२ सालमा एक भारतीय नागरिकले एसिड आक्रमण गरेका थिए । 
 

सांसद ढकालको प्रश्न– रामपुर क्याम्पसको ताला सरकारले खोल्छ कि आफैँले खोल्नुपर्ने हो ?

इकागज | जेठ ३२, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले रामपुर क्याम्पसमा लागेको तालाबारे ...

सांसद सन्तोष परियारको प्रश्न– विश्वविद्यालयमाथि हमला हुँदा सरकार के हेरेर बसेको छ ?

इकागज | जेठ ३२, २०८०

काठमाडौँ––राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले विश्वविद्यालयमा आक्रमण भइरहँदा सरक...

सांसद अब्दुल खानको प्रश्न– नागरिकता पीडितले सामूहिक आत्मदाह गरे त्यसको जिम्मेवारी सरकारले लिने कि न्यायालयले ?

इकागज | जेठ ३२, २०८०

काठमाडौँ–जनमत पार्टीका सांसद अब्दुल खानले नागरिकता पीडितले नागरिकता नपाएर सामूहिक आत्मदाह गरे ...

किसान आफैँले खरिद गरी लगाए तीन हजार पशुलाई लम्पीस्किनविरुद्धको खोप

इकागज | जेठ ३२, २०८०

चितवन- चितवनका तीन हजार तीन सय ८० गाई भैँसीलाई लम्पीस्किनविरुद्धको खोप लगाइएको छ । पशुपालक किसान र स्...