प्रमुख समाचार

सन्दीप बिक्लान् लंका प्रिमियर लिगमा ?

इकागज | जेठ ३१, २०८०

काठमाडौँ- श्रीलंकामा हुने लंका प्रिमियर लिग २०२३ को 'अक्सन' आज हुँदैछ । लिगका लागि खेलाडीको अक्सन आज कोलम्बोको साङ्ग्रिला होटलमा नेपाली समयअनुसार दिउँसो ३.३० बजेबाट सुरु हुनेछ ।

चौँथो संस्करणको लंका प्रिमियर लिगको अक्सनका लागि 'क्याप्ड' र 'अनक्याप्ड' गरी ३६० खेलाडीहरूले नाम दर्ता गराएका छन् । नेपालबाट लेग स्पिनर सन्दीप लामिछाने मात्र अक्सनमा छन् ।

२०२२ को संस्करणमा डम्बुला जायन्ट्स (डम्बुला ऑरा) ले ४० हजार अमेरिकी डलरमा खरिद गरे पनि सन्दीपले खेल्न भने पाएका थिएनन् । 

यस वर्षको अक्सनमा भाग लिने पाँच फ्रेन्चाइजीहरूले जनही ५ लाख अमेरिकी डलरसम्म खर्च गर्न पाउनेछन् ।

लंका प्रिमियर लिगको अक्सन चारु शर्माले गर्नेछन् ।

श्रीलंकाको टी-२० लिगको चौँथो संस्करण जुलाई ३० देखि अगस्ट २२ तारिखसम्म आयोजना हुने तालिका रहेको छ । याे लिगमा पहिलाेपटक अक्सन हुन लागेकाे हाे ।

समाजवादी मोर्चा बन्छ, फेरि नयाँ नेकपा बनाउँछौँ : प्रधानमन्त्री प्रचण्ड

इकागज | जेठ ३१, २०८०

दाङ- प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि व्य...

बेनी–जोमसोम सडक अवरुद्ध

इकागज | जेठ ३१, २०८०

म्याग्दी- बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने ...