प्रमुख समाचार

गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै सुदूरपश्चिम प्रदेश सभा घेराउ

इकागज | जेठ २९, २०८०

कैलाली- कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै संघर्ष समितिले साेमबार सुदूरपश्चिम प्रदेश सभा घेराउ गरेका छन् । विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले प्रदेश सभाको प्रवेशद्वारमा प्रदर्शनसहित घेराउ गरेको हो ।

उनीहरूले सोमबार प्रदेश सभा सदस्यहरूलाई सभामा प्रवेश निषेध गर्ने कार्यक्रम थियो । तर, प्रदेश सभाका सदस्यहरू प्रदर्शनकारी जम्मा नहुँदै प्रदेश सभामा प्रवेश गरेका छन् ।

कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै संघर्षमा रहेका प्रदर्शनकारीहरूले गर्मीमा पनि प्रदेश सभाको प्रवेशद्वारमा प्रदर्शन गरेका हुन् । 

संघीय मन्त्रिपरिषदले गेटामा विश्व विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । नीति तथा कार्यक्रममा पनि गेटामा स्वास्थ्य विश्व विद्यालय सञ्चालन गरिने छ भनिएको छ । 

जेठ १५ गतेको संघीय सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा गेटामा प्रतिष्ठान स्थापना गर्दै एक सय शय्याको अस्पताल सञ्चालन गर्ने उल्लेख भएपछि सुदूरपश्चिममा संघर्ष सुरु भएको छ । संघर्षका कार्यक्रम अन्तरगत आइतबार सुदूरपश्चिममा आम हड्ताल गरिएको थियो । 

सरकारले माध्यमिक शिक्षा र विश्वविद्यालय छाता ऐन ल्याउँदैछ : शिक्षामन्त्री राई

इकागज | जेठ २९, २०८०

काठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सरकारले माध्यमिक शिक्षा ऐन र विश्वविद्यालय छात...

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको असार १ गते अन्तिम संसदीय सुनुवाइ हुने

इकागज | जेठ २९, २०८०

काठमाडौँ- संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको असार १ गते ...

प्रधानमन्त्रीलाई भेटेर सुदूरपश्चिममा दुई मन्त्री र एक राज्यमन्त्री दिन रेशमको माग

इकागज | जेठ २९, २०८०

कैलाली- नागरिक उन्मुक्ति पार्टीले पूर्वसहमति अनुसार सुदूरपश्चिम सरकारमा आफूलाई दुई मन्त्री र एक राज्यमन्त्र...

स्टील उद्योगमा सरकारी नीतिको असर : राजश्व घट्दो, जोखिममा श्रमिक

इकागज | जेठ २९, २०८०

भैरहवा- स्टिल उद्योगमा सरकारले गरेको व्यवस्थाले उपभोक्ता मारमा परेका छन् । सीमित उद्योगीलाई फाइदा पुग्ने ...

अर्थतन्त्र चलायमान बनाउने ढङ्गले बजेट आएको छ : अर्थमन्त्री महत

इकागज | जेठ २९, २०८०

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने ढङ्गले वजेट निर्माण भएको बताएक...

अस्ट्रेलियासँग पराजित भएपछि रोहितको प्रश्न, ‘टेस्ट च्याम्पियनसीपको फाइनल आईपीएलपछि मात्र किन ?’

इकागज | जेठ २९, २०८०

काठमाडौँ- लगातार दोस्रो पटक पराजित भएपछि भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले आईसीसी विश्व टेस्ट च्...