प्रमुख समाचार

नेपालले खेल्न लागेको एसिया कप पाकिस्तान-श्रीलंकामा हुने सम्भावना बलियो

इकागज | जेठ २८, २०८०

काठमाडौँ- नेपालले खेल्न लागेको एसीसी एसिया कप क्रिकेट प्रतियोगिता पाकिस्तान र श्रीलंकामा हुने सम्भावना बढेको छ । क्रिकइन्फोले जनाएअनुसार एसियन क्रिकेट काउन्सिल (एसीसी) ले एसिया कपका लागि पाकिस्तानको ‘हाइब्रिड मोडेल’ को प्रस्ताव स्विकार गरेको तथा प्रतियोगिता पाकिस्तान र श्रीलंकामा आयोजना गर्नका लागि स्वीकृति प्रदान गर्ने भएको छ ।

पाकिस्तान आयोजक नै रहने तथा श्रीलंकालाई तटस्थ मैदानको रुपमा प्रयोग गरिने भएको छ । प्रतियोगिताको १३ मध्ये ४ अथवा ५ खेल पाकिस्तानमा खेलाइने तथा बाँकी खेल श्रीलंकामा हुने भएको छ । भारतको खेल भने श्रीलंकामा हुनेछ ।  

सेप्टेम्बर १ देखि १७ तारिखका लागि तोकिएको प्रतियोगिताका लागि अन्तिम निर्णय यसै साता आउने क्रिकइन्फोले जनाएको छ ।

यसको अर्थ भनेको भारतले आयोजना गर्न लागेको एकदिवसीय विश्वकपका लागि पाकिस्तानको सहभागिता सुनिश्चित गर्नु पनि रहेको छ ।

सुदूरपश्चिममा बन्दको प्रभाव, मन्त्रीका गाडीमा ढुंगा हान्ने पाँच जना पक्राउ

इकागज | जेठ २८, २०८०

कैलाली । कैलालीस्थित गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आज गरिएको सुदूरपश्चिम बन्दको प्रभाव परेको छ...

एमालेलाई नफकाएसम्म कोशी प्रदेशको पुनःनामकरण हुँदैन : मन्त्री राजभण्डारी

इकागज | जेठ २७, २०८०

विराटनगर- कोशी प्रदेशका सामाजिक विकासमन्त्री एवं प्रदेश सरकारद्वारा नामकरणसँग असन्तुष्ट पक्षसँग वार्त...