प्रमुख समाचार

वर्षाका कारण नेपाली महिला क्रिकेट टिमले गुमाएको अवसर

इकागज | असार २, २०८०

काठमाडौँ- हङकङमा जारी एसीसी वुमन्स इमर्जिङ टिम्स एसिया कपको समूह चरणबाटै नेपाल बाहिरिएको छ । समूह ‘ए’ अन्तर्गत शनिबार आयोजक हङकङ र नेपालबीचको खेल वर्षाका कारण हुन नसकेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

नेपालले समूह चरणमा तीनमध्ये एक खेलमात्र खेल्न पायो । बाँकी दुई खेल वर्षाका कारण हुन नसकेपछि नेपालले दुवै खेलमा अंक बाँड्नुपरेको थियो । नेपालले जुन १३ मा भएको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ९ रनको झिनोअन्तरको पराजय भोगेको थियो ।

त्यसपछि नेपालले जुन १५ मा दोस्रो खेलमा उपाधि दाबेदार भारत ‘ए’ विरुद्ध खेल्ने तालिका रहे पनि नेपाल र भारतबीचको खेल वर्षाका कारण प्रभावित भयो । क्रिकेटमा भारतविरुद्ध जुनसुकै स्तरमा नेपालले विरलै खेल्ने अवसर पाउँछ । तर वर्षाका कारण नेपालले त्यो अवसर गुमाउन पुग्यो ।

भारतविरुद्धको खेल वर्षाका कारण हुन नसकेपछि नेपाली महिला टिमले अंक त बाँड्यो तर भारतविरुद्ध खेल्ने अवसरबाट भने वञ्चित हुन पुग्यो ।

यता शनिबारका लागि तय भएको हङकङविरुद्धको खेल पनि नेपालले खेल्न पाएन । जसका कारण नेपाल समूह चरणबाटै बाहिरिएको हो । नेपालसँगै हङकङ पनि समूह चरणबाटै बाहिरिँदा भारत र पाकिस्तान भने अन्तिम चारमा प्रवेश गरेका छन् ।

लुम्बिनीको बजेट : खर्च कटौतीका लागि प्रदेश सरकारका यस्ता छन् योजना

इकागज | असार १, २०८०

बुटवल- लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा खर्च कटौतीको विशेष योजना ल्याएको छ । लुम्बिन...

यस्तो छ लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०८०/८१ को बजेट (पूर्णपाठ)

इकागज | असार १, २०८०

बुटवल- लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएको छ । शुक्रबार लुम्बिनी प्रदेश सभाक...