प्रमुख समाचार

भारतको सहमतिपछि परीक्षण गरिँदै महाकाली सिँचाइको मूल नहर

इकागज | असार २१, २०८०

वेदकोट - निर्माणाधीन महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गतको मूल नहरमा पानी छाडेर परीक्षण गरिने भएको छ । भीमदत्त नगरपालिकाको ब्रह्मदेवबाट शुक्लाफाँटा नगरपालिकाको फुलेली घरकटुवा खोलासम्मको मूल नहर परीक्षण गरिन लागेको हो ।

शुक्रबार (भोलि)देखि एक साता ब्रह्मदेवबाट २८ किलोमिटर फुलेलीसम्मको मूल नहरमा पानी छाडेर परीक्षण गरिने आयोजनाका निर्देशक रणबहादुर बमले जानकारी दिए । 

“भारतसँग नहर परीक्षणका लागि पानी छाड्न आग्रह गरेका छौँ”, भारतीय पक्ष तयार भएकाले भोलिदेखि एक सातासम्म २८ किलोमिटर मूल नहरमा पानी परीक्षण हुन्छ”, उनले भने । 

महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणअन्तर्गत ब्रह्मदेवबाट फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएको उक्त मूल नहरमा पानी छाडेर परीक्षण गरिने भएकाले यस अवधिमा नहर छेउछाउमा आफ्ना नानीबाली, चौपाया नछाड्न आयोजनाले आग्रह गरेको छ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने महाकाली सिँचाइ आयोजना तेस्रो चरणको ब्रह्मदेवबाट बगुनखोलासम्म १९ किलोमिटर मूल नहरमा गत वर्ष परीक्षण गरिएको थियो । नेपाल–भारतबीच भएको महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजबाट नेपाली भूमिसम्म भारतले निर्माण गर्नुपर्ने एक हजार दुई सय मिटर नहर निर्माणको काम सम्पन्न भइसकेको छ ।

महाकाली सिँचाइ आयोजनाका निर्देशक रणबहादुर बमका अनुसार अहिले मूल नहर निर्माण भएको क्षेत्रमा शाखा नहर निर्माणको काम भइरहेको छ । “बाइसवटा शाखा नहरमध्ये दुईवटाको निर्माणको काम सकिएको छ”, उनले भने, “अन्यको काम भइरहेको छ ।”

आयोजनाअन्तर्गत मूल नहर २८ किलोमिटर शुक्लाफाँटाको फुलेलीबाट कैलालीको गोदावरीखोला ४८ किलोमिटरसम्म निर्माणका लागि बोलपत्र आह्वान भइसकेको उनले बताए । आगामी आव २०८०÷८१ का लागि आयोजनामा रु एक अर्ब १७ करोड बजेट विनियोजन गरिएको छ ।

“चालु आवको तुलनामा आगामी आवका लागि बजेट कम छुट्याइएको छ”, निर्देशक बमले भने, “चालु आवमा रु एक अर्ब २३ करोड बजेट थियो ।” महाकाली सन्धि भएको १० वर्षपछि आव २०६३र६४ देखि निर्माण थालिएको नहरको कामले केही वर्षयता गति लिएको छ । 

विसं २०५२ माघ २९ मा नेपाल र भारतबीच भएको महाकाली सन्धिअनुसार नेपालले टनकपुर बाँधबाट नहरमार्फत वर्षायाममा २८ दशमलव ३५ घनमिटर प्रतिसेकेन्ड तथा सुक्खायाममा आठ दशमलव ५० घनमिटर प्रतिसेकेन्ड पानी पाउनुपर्छ । यो पानी उपयोग गर्नका लागि नेपालले एक सय ५२ किलोमिटर लामो मूल नहर, एक सय ७२ किलोमिटर लामो शाखा नहर र एक हजार २३ किलोमिटरको प्रशाखा नहर निर्माण गर्नुपर्छ । 

राष्ट्रिय गौरवको आयोजनामा समेटिएपछि महाकाली सिँचाइ आयोजना तेस्रो चरणले गति लिएको हो । बाइसवटा शाखा नहर निर्माण भए पाँच हजार तीन सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउन सकिने छ ।
रासस

मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व पूरा गर्ने गरी आउँछ : गभर्नर

इकागज | असार २१, २०८०

काठमाडौँ - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति समग्र ...

कटौती गरेको वित्तीय समानीकरण अनुदानको ४० प्रतिशत रकम स्थानीय तहलाई हस्तान्तरण गर्ने

इकागज | असार २१, २०८०

काठमाडौँ- सरकारले स्थानीय तहलाई यसअघि कटौती गरिएको मध्ये ४० प्रतिशत वित्तीय समानीकरण अनुदानको रकम हस्त...

सरकारले एसियाली विकास बैंकबाट ५० मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने

इकागज | असार २१, २०८०

काठमाडौँ- सरकारले एसियाली विकास बैंकबाट बजेटरी सहायताका रूपमा प्राप्त हुने ३०० मिलियन अमेरिकी डलर ब...

सभामुखलाई दलको सदस्यमा गणना गर्न नमिल्ने भन्दै एमाले र राप्रपाले गराए प्रदेश प्रमुखको ध्यानाकर्षण

इकागज | असार २१, २०८०

विराटनगर- चार दलीय गठबन्धनले सभामुख बाबुराम गौतमलाई समेत दलको सदस्य बनाएर सरकार गठनको दाबी गर्न लागे...