Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

प्रमुख समाचार

साउदीमा 'काेमा' मा पुगेका धनकुटाका भक्तमणी खनाल नेपाल फर्किए

इकागज | बैशाख २२, २०८०

काठमाडौँ- साउदी अरबमा सडक दुर्घटनामा परी गम्भीर घाइते भएका धनकुटाका भक्तमणी खनाललाई नेपाली राजदूतावासले नेपाल पठाएको छ । हिजो बिहीबार उनलाई नेपाल एयरलान्यसको जहाजबाट फिर्ता पठाएको हो ।

खनाल महालक्ष्मी नगरपालिका २ का हुन् । उनी ७ वर्षसम्म साउदी अरबमा बसेका थिए । रियादस्थित नेश्नल गार्ड हस्पिटलमा तीन महिना उपचारपश्चात खनाललाई स्वदेश पठाइएको दूतावासले जानकारी दिएको छ ।

कोमामा राखी उपचार गरे पछि स्वास्थ्य अवस्था सुध्रँदै गएकाले परिवारको साथ-सहयोग पाएमा छिटो सुधार हुने भन्दै चिकित्सकले सल्लाह दिएका थिए ।

अस्पतालले दूतावासलाई खनाललाई चाँडो स्वदेश फिर्ता गर्न अनुरोध गरिरहेको थियो । परिवारले पनि दूतावासलाई घर पठाइदिन आग्रह गरेका थिए । उनलाई स्ट्रेचरमा मात्र राखेर लैजान सक्ने अवस्था रहेको थियो ।

अस्पतालको एम्बुलेन्सले उनलाई निःशुल्क विमानस्थलसम्म पुर्‍याएको थियो । उनलाई नेपाल ल्याइने सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोरेको हो । दूतावासको अनुसार खनाललाई परिवारको जिम्मा लगाएर अस्पतालमा उपचार थालिएको छ ।

गत वर्षको माघ ७ गते खनाल नेपाल फर्कन विमानस्थल जाँदै गर्दा सडक दुर्घटनामा परेका थिए । उनलाई पछाडिबाट गाडीले हानेको थियो । तत्कालै खबर गरे पनि उक्त सवारीसाधनको बारेमा हालसम्म प्रहरीले जानकारी प्राप्त गर्न सकेको छैन ।

निकुञ्जकाे नियमले गाउँवासीलाई हैरानी, ४७ वर्षदेखि नजरबन्द जस्तै जीवनयापन

इकागज | बैशाख २२, २०८०

सुर्खेत ।  मुगुको छायाँनाथ रारा नगरपालिका-८ चुँगा गाउँका दलित समुदाय जो ४७ वर्षदेखि नजरबन्...

एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हो : प्रधानमन्त्री प्रचण्ड

इकागज | बैशाख २२, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौ...

गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय हो : राष्ट्रपति पौडेल

इकागज | बैशाख २२, २०८०

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल ...