Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

प्रमुख समाचार

सांसद रायमाझीलाई बाटोबाटै पक्राउ गर्नु रहस्यपूर्ण : अध्यक्ष ओली

इकागज | बैशाख २१, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई बाटोबाटै पक्राउ गर्नु रहस्यपूर्ण भएको बताएका छन् ।

बिहीबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले उपप्रधानमन्त्री बनिसकेको मान्छे भागेर कतै जान नसक्ने भए पनि षड्यन्त्रपूर्वक बाटोबाट नै समाउनु रहस्यमयी भएको उल्लेख गरे ।

उनले सचिव रायमाझीलाई तानेका हो वा तनाएको हो भन्ने बारेमा पार्टीले अध्ययन गरिरहेको र अध्ययनपछि मात्रै पार्टीले धारणा बनाउने बताए । उनले कुनै पनि बेला दोषी उम्किनु नहुने र निर्दोष फस्नु नहुने भन्दै फसाउने षड्यन्त्र रचिएको भए सह्य नहुने चेतावनी दिए ।

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग आफूले समसामयिक राजनीतिक विषयमा छलफल गरेको र सांसद रायमाझीलाई पक्राउ गरेको कुरामा पनि ध्यानाकर्षण गराएको उल्लेख गरे ।

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । 
 

आमनागरिक र समाजप्रति प्रहरी बढी जिम्मेवार : प्रहरी महानिरीक्षक कुँवर

इकागज | बैशाख २१, २०८०

बुटवल- नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले आमनागरिक र समाजप्रति प्रहरी बढी जिम्मेवार भएको बत...

एमाले नेता बादलका छोरा प्रतिकको प्रतिक्रिया : नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्‍नता छैन

इकागज | बैशाख २१, २०८०

काठमाडौँ- पूर्व गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिकले नक्कली भुटानी...

अनुमति लिएर विज्ञापन गर्न काठमाडौँ महानगरपालिकाको निर्देशन

इकागज | बैशाख २१, २०८०

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले विज्ञापन दातालाई बाह्य विज्ञापन गर्न अनुमति लिन तथा नवीकरण गर्न निर्...

टोपबहादुर रायमाझीका छोरालाई काठमाडौँ ल्याइयो, केही बेरमा अदालत लगिँदै

इकागज | बैशाख २१, २०८०

काठमाडौं - पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं ल्याइएको छ । नक्कली भुटानी शरणार्थी ...

हिमपहिरो पुरिएर मृत्यु भएकाको शव भारतीय सडक प्रयोग गरी खलंगा ल्याइँदै, दुई जना अझै बेपत्ता

इकागज | बैशाख २१, २०८०

दार्चुला - व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गर...