Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

प्रमुख समाचार

एक अर्ब ५० करोड लागतमा केवलकार, मौलाकालिकामा बढे दर्शनार्थी

इकागज | बैशाख १७, २०८०

काठमाडौं– पूर्वी नवलपरासीको धार्मिक क्षेत्र मौलाकालिका केवलकार सञ्चालनसँगै धार्मिक पर्यटकको चहलपहल बढेको छ । 

मौलाकालिका केवलकार वैशाख १ गतेदेखि सञ्चालनमा आएको हो । गैंडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका केवलकार सञ्चालनसँगै थप धार्मिक महत्व बढ्ने र धार्मिक पर्यटक वृद्धि हुने अपेक्षा मन्दिर व्यवस्थापनले अपेक्षा गरेको छ । नयाँ वर्षयता विगतको तुलनामा धार्मिक पर्यटकहरुको आगमन वृद्धि भएको मन्दिर व्यवस्थापनको भनाइ छ ।

मौलाकालिका  मन्दिर व्यवस्थापक छवि खनालले केवलकार निर्माणले मन्दिरको धार्मिक महत्वलाई बढावा दिएको बताए । उनले मौलाकालिका केवलकार सञ्चालनले चितवन, नवलपरासी र तनहुँ मात्रै नभइ नजिकका आन्तरिक र विदेशी पर्यटक आवागमनमा समेत वृद्धि हुने अपेक्षा रहेको बताए । उनले मौलाकालिका मन्दिरको छुट्टै धार्मिक महत्व रहेको भन्दै यसलाई पवित्रस्थल देवघाट धामसँग जोड्न आवश्यक रहेको बताए । केवलकार सञ्चालनमा आएसँगै मन्दिर दर्शन तथा मनोरञ्जनको लागि आउने आन्तरिक तथा वाह्य पर्यटक वृद्धि भएको उनको भनाइ छ । उनले मौलाकालिका केवलकार मन्दिरको आधार र मन्दिर केवलकारको आधार बनेको भन्दै दुवैको समन्वयमा यो क्षेत्रको विकासमा हातेमालो गर्न आवश्यक रहेको बताए ।

त्यस्तै, मौलाकालिका मन्दिरका पुजारी नेरेन्द्रप्रसाद भट्टराईले मौलाकालिका मन्दिरको पौराणिक र धार्मिक महत्व रहेको बताए । उनले मौलाकालिका केवलकार सञ्चालनले मन्दिरको धार्मिक महत्वलाई बढाउने विश्वास व्यक्त गरे । उनले नयाँ वर्षबाट केवलकार सञ्चलनमा आएसँगै मौलाकालिका मन्दिर दर्शन गर्ने दर्शनार्थीहरु बढेको बताए । 

होटलसहितको मौलाकालिका केवलकार झण्डै एक अर्ब ५० करोड रूपैयाँ लागतमा बनेको छ । केवलकार आयोजनामा ५१ प्रतिशत शेयर मुख्य लगानीकर्ता आइएमइ समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहको छ । केवलकारले स्थानीयसहित करिब चार सय व्यक्तिलाई रोजगारी दिने कम्पनीको भनाइ छ । 
यसका साथै मौलाकालिका मन्दिर नजिकै अत्याधुनिक रिसोर्ट निर्माणाधीन अवस्थामा छ । मन्दिर नजिक रहेको हेलिप्याडमा केवलकारको टपस्टेशन निर्माण भएको छ भने मौलाकालिका फेदीमा रहेको धारापानीमा बटम स्टेशन निर्माण भएको छ । 
 

केवलकारको एकतर्फी लम्बाई एक हजार दुई सय मिटर छ । यसका लागि छ वटा टावर निर्माण गरिएको छ । केवलकारमा १४ डब्बा (गोन्डला) रहेका छन् । एउटा डब्बामा एक पटकमा आठ जना यात्रु अटाउने क्षमता छ । हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न पाँच मिनेट लाग्दछ । केवलकार सञ्चालनमा आएपछि प्रतिदिन ६ हजार यात्रु आवतजावत गराउन सकिने क्षमता रहेको छ । 
 

केवलकारका लागि ५६ रोपनी जग्गा अधिग्रहण गरिएको छ । कम्पनीले त्यसबापत सरकारलाई ५८ रोपनी जग्गा सट्टाभर्ना दिएको छ । कम्पनीले पूर्वी नवलपरासीकै मिथुकरम (दुर्गम पहाडी) गाउँको जग्गा किनेर सरकारलाई दिएको हो ।

संस्थागत विद्यालयमा विदेशी विद्यार्थी अध्ययनरत भएमात्रै इन्टरनेशनल शब्द जोड्न पाइने

इकागज | बैशाख १७, २०८०

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगरभित्र रहेका विद्यालयले नेपाली ना...

कांग्रेसी कार्यकर्ताहरूलाई अन्त कतै भोट हाल्न कहिल्यै भनिनँ : महामन्त्री थापा

इकागज | बैशाख १७, २०८०

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नम्बर–४ का सांसद गगनकुमार थापाले नेप...