Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

प्रमुख समाचार

एमालेका फरार सांसद कोइरी उद्योग समितिमा सिफारिस

इकागज | बैशाख १५, २०८०

काठमाडौँ- संघीय संसद्‌का ‘फरार सांसद’ लक्ष्मी महत्तो कोइरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिस भएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद्‌ सचिवालयमा बुझाएको विवरण अनुसार सांसद कोइरी उद्योग समितिमा सिफारिस भएका हुन् । सो सिफारिस अनुसार प्रतिनिधिसभा बैठकले अब उनको नाम अनुमोदन गर्नेछ ।

मधेस आन्दोलन-२ को क्रममा महोत्तरीमा कार्यरत असई थमन विकको हत्यामा संलग्न भएको भन्दै उनलाइ सजाय सुनाएपछि कोइरी ‘फरार’ रहेका छन् । तर, उनले संसद्‌ सचिवालयमा पत्र लेखेर स्वास्थ्यका कारण देखाउँदै बैठकमा उपस्थित हुन नसकेको जनाउँदै आएका छन् ।

बिना सूचना १० पटकसम्म लगातार बैठकमा अनुपस्थित भएमा स्वतः सांसद पद खारेज हुने भएपछि कोइरीले पत्र लेखेर उपस्थित हुन नसकेको जनाएका हुन् ।

यसैगरी, सबै संसदीय समितिमा पहाडीया तथा खस आर्य समुदायका सदस्य रहे पनि उद्योग समितिमा भने एक जना पनि पहडिया खस समुदायको सदस्य सिफारिस भएका छैनन् । 

कोइरीसमेत रहेको सो समितिमा रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मंगलप्रसाद गुप्ता रहेका छन् । 
 

कस्तो रहला आजको मौसम ?

इकागज | बैशाख १५, २०८०

काठमाडाैँ- हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अन...

देवताका दुःख चित्रमा

इकागज | बैशाख १४, २०८०

काठमाडौं- राजधानीको सिद्धार्थ आर्ट क्यालरीमा सुरु भएको आधुनिक चित्र प्रदर्शनी हेर्न आधुनिक चित्र सेक्सनको ढ...

ट्रायल टेस्टमा थप रकम लिनुपर्ने कारण देखाउन बागमती प्रदेशलाई अदालतको आदेश

सदिक्षा आचार्य | बैशाख १४, २०८०

काठमाडौँ – ट्रायल टेस्टबापत थप रकम लिनु कानुन संगत नभएको व्यहोराको रिट निवेदनमा उच्च अदालत पाटन...

अब इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम नेपालीमा, नम्बर अंग्रेजीमा

इकागज | बैशाख १४, २०८०

काठमाडौँ- सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अंग्रेजीमा राख्ने टुङ्गो ल...