Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

प्रमुख समाचार

ए डिभिजनः उपत्यकामा भारी वर्षासँगै शनिबारका खेल स्थगित

इकागज | बैशाख १६, २०८०

काठमाडौं - उपत्यकामा भारी वर्षासँगै शनिबारलाई तय भएका शहीद स्मारक ए डिभिजन लिगका खेल प्रभावित भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको हिमालयन शेर्पा र त्रिभुवन आर्मीबीचको खेल पहिलो हाफ सकिए पनि दोस्रो हाफको २७ मिनेट पछि भारी वर्षा र चट्याङ भएपछि खेल स्थगित भएको हो । आर्मी र हिमालयन शेर्पाबीचको खेल दोस्रो हाफको २७ मिनेट चलिरहँदा दुवै टोलीले एक-एक गोल गरेका थिए । 

खेलमा आर्मीका नवयुग श्रेष्ठले पहिलो मिनेटमा गोल गर्दै हिमालयन शेर्पाबिरुद्ध अग्रता दिलाएका थिए । तर दोस्रो हाफको ५५औं मिनेटमा हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठले फ्रिकिकमार्फत  गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए । ७२ औं मिनेटपछि भारी भएपछि खेल अर्को समयका लागि तय गरिएको छ । अब दुई टोलीबीच भिडन्त आईतबार हुनेछ । आईतवार ७२ मिनेटपछि खेल दशरथ रंगशालामा दिउँसो ४ः३० बजेबाट सुचारु हुनेछ ।

लिग अन्तर्गत शनिवारकौ अर्को खेल संकटा र जावलाखेल युथ क्लवको खेल पनि वर्षाका कारण स्थगित भएको छ । पहिलो हाफको नतिजाबाट जावलाखेल १–० ले अगाडि रहेको थियो । ५० मिनेटको खेलपछि रोकिएको जावलाखेल र संकटाको खेल आईतबार दिउसो १ बजे एन्फा कप्लेक्समा आयोजना हुनेछ । यस्तै दशरथ रंगशालामा अबेरलाई तय भएको चर्च ब्वाईज र मनाङ मस्र्याङ्दीबीचको खेल पनि स्थगित भयो । खेल आईतबार नै एन्फा कम्प्लेक्समा ३ः३० बजेबाट सुरु हुनेछ। 
 

सात वर्षदेखि बनेन स्वास्थ्य संस्थाकाे भवन, उपचार सेवा बाहिर छन् डाेल्पावासी

इकागज | बैशाख १६, २०८०

सुर्खेत । सात वर्ष अघि स्वास्थ्य चौकीको भवन निर्माण जिम्मेवारी लिएर अहिले सम्म काम पूरा नगर्दा उ...

बैंक तथा वित्तीय संस्था ‘नयाँ शोषक’का रूपमा उदाए : पर्यटनमन्त्री किराती

इकागज | बैशाख १६, २०८०

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बैंक तथा वित्तीय संस्थालाई &lsquo...

काम नगर्ने नेतालाई ढ्यांग्रो ठटाएर लखेट्नुपर्छ : महावीर पुन

इकागज | बैशाख १६, २०८०

काठमाडौँ- राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले जनताको मतबाट निर्वाचित सांसदहरूले काम नगरे ढ्...

अयोग्य लडाकुलाई आर्थिक सहयोग पहिलाकै निर्णय : मन्त्री शर्मा

इकागज | बैशाख १६, २०८०

दाङ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै भएको ब...