समाज

मेयर बालेनले भनेः अव्यवस्थित तार हटाएर सुन्दर सहर बनाउन सकिन्छ

इकागज |
बैशाख २२, २०८० शुक्रबार १२:२१ बजे

तस्बिरः मेयर बालेनको फेसबुकबाट

काठमाडौँ- अव्यवस्थित तार हटाउन लक्षित गर्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अव्यवस्थित तार हटाएमा मात्र सुन्दर महानगर बनाउन सकिने बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आगलागीको जोखिम कम गर्न र व्यवस्थापन गर्न काठमाडौँ महानगर अधिकारभित्र रहेर काम गर्न तयार रहेको समेत बताएका छन् ।


‘शहर व्यवस्थित, सुन्दर बनाउन तथा नागरिकको जनधनको सुरक्षाको लागि हामी क्रियाशील छौँ,’ उनले भनेका छन्,’ यसमा कतिपय अवस्थामा तत्कालका लागि कसैलाई असुविधा पुग्न सक्छ तर तपाईंहरूले साथ दिनु हुनेछ भन्ने अपेक्षा राख्दछौं।‘

शहरका पोलहरुमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला भनेर चासो व्यक्त गरेका छन् । भौतिकरुपमा तारले शहरलाई अव्यवस्थित बनाएको र आगलागीको जोखिम पनि बढाएको उनको ठहर छ । गत वर्षमात्रै अव्यवस्थित तारहरूका कारण ५३ ठाउँमा आगलागी भएको तथ्यांक उनले सार्वजनिक गरेका छन् ।

तारलाई व्यवस्थित बनाउन, एकीकृत विकासका लागि सम्बन्धित कानुन बनाउन आग्रह गरिसकेको बताए । ‘हामीले १५ दिन पहिले सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न भनेर सूचना जारी गरिसकेका छौ,’ उनले थपेका छन्,’ समस्या सुनुवाइ होला भन्ने आश थियो तर त्यसको विपरीत त्यो तार व्यवस्थापन गर्दा इन्टरनेट लगायत सेवा अवरुद्ध हुन सक्ने कारणदेखि यस्तो कार्य नगर्न आदेश प्राप्त भयो । ‘

 

 


Author

थप समाचार
x