गठबन्धन घरदैलोमै ब्यस्त

ओली भोलि हेटौंडा आउँदै

इकागज | बैशाख १७, २०७९

मकवानपुर - चुनावी सभालाई सम्बोधन गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलि भोलि (आइतबार) हेटौंडा आउने भएका छन् । एमाले हेटौंडा उपमहानगरपालिकाले आयोजना गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न ओली हेटौंडा आउन लागेका हुन् । 

१८ बैशाखमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका -४ स्थित हुप्राचौर परिसरमा उपमहानगर  स्तरीय अन्तिम चुनावी सभा गर्ने एमाले मकवानपु जिल्लाका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए ।

‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा ४० हजारभन्दा बढी जनसहभागितामा चुनावी सभा गर्ने तयारी छ’, श्रेष्ठले भने । त्यसअघि हेटौंडा उपमहानगरका विभिन्न चार वटा नाकाबाट पैदल र्‍याली गरी हुप्राचौरमा जम्मा भएर १२ बजे कार्यक्रम शुरु गर्ने र १ बजे अध्यक्ष ओलीले कार्यक्रमलाई सम्बोधन गर्ने तयारी भएको अध्यक्ष श्रेष्ठले बताए ।

प्रचार समितिका संयोजनक धुब्रप्रसाद चौलागाईका अनुसार कार्यक्रममा पार्टी प्रवेश कार्यक्रमसमेत हुनेछ । उनले कार्यक्रममा तीन सय जनाको स्वंयमसेवा परिचालन गरिने जानकारी दिए । चुनावी सभामा १० वटै स्थानीय तहका नेता कार्यकर्ताहरू सहभागी हुने मकवानपुर एमालेले जनाएको छ ।

यता एमालेको मुख्य प्रतिस्पर्धी सत्तारूढ गठबन्धनको भने चुनावी सभाको टुङ्गो लागेको छैन ।

एमालेबाट हेटौंडा उपमहानगरपालिकामा मेयर पदको लागि अनन्त पौडेल चुनावी मैदानमा छन् भने उपमेयरमा सुमित्रा काफ्ले  । पौडेल र काफ्लेले संयुक्त रुपमा चुनावी घरदैलो गरिरहेका छन् । घरदैलो कार्यक्रममा सहभागीले मेयर उपमेयर, वडा अध्यक्ष तथा सदस्यहरू घरघर पुगेर कार्यक्रममा सहभागिताको लागि समेत निमन्त्रणा गरेका छन् ।

एमालेसँग प्रतिस्पर्धाको लागि चुनावी तयारीमा रहेको सत्तारूढ गठबन्धनले पनि आगामी २२ वा २३ बैशाख आमसभा गर्ने तयारी गरेको बुझिएको छ । 

गठबन्धनमा नै छलफल गरेर आमसभाको टुङ्गो लगाउनु पर्ने भएकोले यसको आन्तरिक तयारी हुदै गरेको र हाल घरदैलोमा लागेको नेकपा एकीकृत समाजवादी बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलले बताइन् । 

'मिति र अतिथिबारे टुङ्गो लागेको छैन, लगभग २२/२३ मा आमसभा गरिने तयारी भएको छ,' वडा अध्यक्षको उम्मेदवार समेत रहेका नेपाली कांग्रसका सबिन न्यौपानेले भने । 

गृहमन्त्रीको निर्देशन – म्यादी प्रहरीलाई सुरक्षा निकायमा भर्ना हुँदा प्राथमिकता दिनू

इकागज | बैशाख १७, २०७९

काठमाडौं - गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा निकायमा भर्ना हुँदा म्यादी प्रहरीलाई प्राथमिकतामा राख्न सुरक्ष...

स्वतन्त्र उम्मेदवारलाई ४० चिह्नमध्येबाट निर्वाचन चिह्न दिने आयोगको तयारी

इकागज | बैशाख १७, २०७९

काठमाडौं - निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेकाहरूलाई ४० प्रकारका चिह्नमध्य...

वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि बुद्धभूमिमा निर्वाचन स्थगित

इकागज | बैशाख १७, २०७९

बुटवल - वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा स्थानीय तह निर्वाचन स्थगित ...

वीरेन्द्रनगरमा नगरप्रमुखसहित २५ जनाको उम्मेदवारी फिर्ता

लक्ष्मी भण्डारी | बैशाख १७, २०७९

सुर्खेत - वीरेन्द्रनगर नगरपालिकामा नगरप्रमुखसहित २५ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । स्थानीय तह न...

कांग्रेस-माओवादीले यी पालिकाहरूमा गरे एमाले र राप्रपासँग चुनावी तालमेल

इकागज | बैशाख १७, २०७९

काठमाडौँ- सत्ता गठबन्धनमा आवद्ध दलहरूले गठबन्धनबाहेकका दलहरूसँग पनि चुनावी तालमेल गरेका छन् । सत्ता गठब...