विगतका नमूना कार्यक्रमलाई लिएर जनतामा जान  पोखरेलको कार्यकर्तालाई निर्देशन

इकागज | बैशाख १६, २०७९

देउखुरी - नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा (एमाले) सरकारमा हुँदा स्थानीय तह सञ्चालन गर्न सफल भएका नमूना कामलाई लिएर जनतामा जान कार्यकर्तालाई निर्देशन दिएका छन् । 

नेकपा एमाले घोराही उपमहानगर कमिटीले शुक्रबार घोराहीमा आयोजना गरेको चुनावी प्रशिक्षण कार्यक्रममा उहाँले विकास, राष्ट्रियता, स्वाधीनता र समृद्धिको रक्षा गर्ने पक्षमा गठबन्धन नदेखिएको भन्दै उनीहरुलाई जनमत प्राप्त गर्ने अधिकारसमेत नभएको बताए । 

स्थानीय तहको निर्वाचन विकास र समृद्धिमा केन्द्रित हुनुपर्ने भन्दै उनले एमालेको एउटै उद्देश्य देश बनाउने र त्यसका लागि चुनावमा विजयी हासिल गर्ने भएको बताए । 

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार नरुलाल चौधरीले विकासको नेतृत्व गर्ने पार्टी नेकपा एमाले भएकाले अपूरा कामलाई पूरा गर्नका लागि पूनः निर्वाचनमा आएको बताए । 

घोराहीमा पाँच वर्षे कार्यकालमा नमूना काम गरेको र अब नागरिकलाई आर्थिकरूपमा सम्पन्न गर्ने योजनाका साथ आएको उनको भनाइ थियो । 
रासस

'उम्मेदवारी फिर्ता गरिनँ, अब भोलिदेखि चुनाव चिन्ह लिएर प्रचारप्रसारमा लाग्छु'

इकागज | बैशाख १६, २०७९

काठमाडौँ- चितवन भरतपुर महानगरपालिकामा स्वतन्त्रतर्फबाट उम्मेदवार मनोनयन गराएका जगन्नाथ पौडेलले उम्मेदवार...

नेकपा एसबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएको माधव नेपालको दाबी

इकागज | बैशाख १६, २०७९

काठमाडौँ - सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट ३५ जना जन...

अनेकन अफर आएका छन्; तर, मेयरको उम्मेदवारी फिर्ता लिन्नः पौडेल

इकागज | बैशाख १६, २०७९

काठमाडौँ- चितवन भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोनयन दर्ता गराएका जगन्नाथ पौडेलले उम्...

बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन सत्तागठबन्धनका शीर्ष नेताको आग्रह

इकागज | बैशाख १६, २०७९

काठमाडौँ- पाँच दलीय गठबन्धनले बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । शुक्रबार ...

गठबन्धनको निर्णयपछि मोहन बस्नेतदेखि जगन्नाथ पौडेलसम्मलाई अटेर गरे कारबाही होला ?

इकागज | बैशाख १६, २०७९

काठमाडौँ– सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठकले महानगर र उपमहानगरपालिकामा पाँच दलीय गठबन्धन वि...

बागी उम्मेदवारी फिर्ता नलिए कांग्रेसबाट स्वतः निष्कासित हुने

इकागज | बैशाख १६, २०७९

काठमाडौँ- नेपाली कांग्रेसले बागी उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन निर्देशन दिएको छ । स्थानीय तह निर्वा...

बागी उम्मेदवारी फिर्ताबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

इकागज | बैशाख १६, २०७९

काठमाडौँ- बागी उम्मेदवारी फिर्ता लिने समय घर्किंदै जाँदा पाँच दलीय गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री...