परिवर्तन, शान्ति र समृद्धिको पक्षमा मतदान गर्न नेता शर्माको अपिल

इकागज | बैशाख २६, २०७९

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा पौडेलले आसन्न स्थानीय तह निर्वाचनमा परिवर्तन, प्रगति, शान्ति र समृद्धिको पक्षमा मतदान गर्न अपिल गरेका छन् । 

आसन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा आज विशेष अपिल जारी गर्दै उनले प्रतिगामी र प्रगतिशील शक्तिबीचका लडाइँका रुपमा निर्वाचन आएकाले प्रतिगमनलाई परास्त गर्नु आजको मुख्य कार्यभार रहेको बताए । 

एक मतले राष्ट्रको स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, संविधान र लोकतन्त्रको रक्षा, सामाजिक न्यायसहितको समृद्धिको एजेन्डा संस्थागत गर्न निर्णायक भूमिका खेल्ने उल्लेख गर्दै नेता शर्माले सम्पूर्ण मतदाता र गठबन्धनका नेता कार्यकर्तालाई वाम लोकतान्त्रिक गठबन्धन पक्षधर शक्तिलाई विजयी बनाउन आग्रह गरेका छन् । 

स्थानीय तहको कार्यसम्पादनले मुलुकको समग्र समृद्धिको प्रतिनिधित्व गर्नुपर्ने भएकाले सबल, सक्षम, क्षमतावान, सुशासनयुक्त र प्रभावकारी स्थानीय तह अहिलेको आवश्यकता रहेको बताउँदै नेता शर्माले मतदानपूर्व स्थानीय तहको राजस्व परिचालन, पारदर्शीता र सुशासनका सम्बन्धमा ध्यान दिनुपर्ने बताए । 

सीमित स्रोत र साधनकाबीच स्थानीय सरकारले जनताको अपेक्षा र भावनाबमोजिमको काम गरेर जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहिता निर्वाह गर्न सक्नुपर्नेमा जोड दिँदै उहाँले पारदर्शीता, गुणस्तरीयता, जवाफदेहिता र जनताको अपनत्व पनि सुनिश्चित हुने गरी जनप्रतिनिधिले भूमिका निर्वाह गर्नुपर्ने बताए ।  

रासस

ओलीको पालामा देश ऋणमय भयो, अहिले अनुदानमय : कांग्रेस प्रवक्ता महत

इकागज | बैशाख २६, २०७९

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले केपी शर्मा ओलीको पालामा देश ऋणमय बनेको बताएका...

एमाले र माओवादी कार्यकर्ताले आफ्नो उम्मेदवारमाथि आक्रमण गरेको राप्रपाको आरोप

इकागज | बैशाख २६, २०७९

काठमाडौँ- राप्रपाले आफ्नो पार्टीबाट धनुषाको सबेला नगरपालिका वडा नम्बर ४ का वडा सदस्यका उमेदवार समशुल र...

हेटौँडामा त्रिपक्षीय भिडन्त: सबैका आ-आफ्नै दाबी, कसले मार्ला बाजी ?

सरिता दाहाल | बैशाख २६, २०७९

मकवानपुर - बागमती प्रदेशको एकै मात्र उपमहानगरपालिका हेटौँडामा चुनावी सरगर्मी बढेको छ । उम्मेदवार...

रुकुम पश्चिममा कांग्रेस-माओवादीबीच दिनहुँ झडप हुनथालेपछि अर्थमन्त्रीको रोहबरमा संयुक्त अपिल

इकागज | बैशाख २६, २०७९

काठमाडौँ- रुकुम पश्चिमको चौरजहारीमा कांग्रेस र माओवादी कार्यकर्ताबीच दिनहुँ झडप हुन थालेपछि दुबै दलले...