संविधानले दिएको अधिकार संस्थागत गर्नु आजको आवश्यकता: नेता सिंह

इकागज | बैशाख २५, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानले दिएको अधिकार संस्थागत गर्नु आजको आवश्यकता भएको बताएका छन् । 

नेपाली कांग्रेस तारकेश्वर नगर कार्यसमितिले आज यहाँ आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, `कांग्रेसको नेतृत्वमा बनेको संविधानलाई झन्डै दुई तिहाइ मत पाएको तत्कालीन नेकपाको सरकारले कार्यान्वयन गर्न सकेन, संविधानको रक्षा गर्दै जनताको अधिकार स्थापित गर्नु आजको मुख्य आवश्यकता हो ।` कांग्रेसको नेतृत्वमा बनेको संविधान जोगाउने प्रमुख दायित्व पनि कांग्रेसकै भएको उनको भनाइ थियो ।

नेपालको हरेक राजनीतिक परिवर्तनको नेतृत्वदायी भूमिका कांग्रेसले निर्वाह गरेको उल्लेख गर्दै नेता सिंहले अब मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउने काम पनि कांग्रेसले गर्ने बताए । नेपालका कम्युनिष्ट पार्टीलाई बहुदलीय व्यवस्थामा ल्याउन कांग्रेसको महत्वपूर्ण भूमिका रहेको उनको धारणा थियो ।

नेता सिंहले स्थानीय तहको निर्वाचनको प्रभाव प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा समेत पर्ने भएकाले स्थानीय तहलाई नै बलियो बनाउने गरी कांग्रेस लाग्नुपर्ने बताए । 

उनले केन्द्रीकृत शासन प्रणाली विस्तारै स्थानीय तहमार्फत गाउँगाउँमा पुगेको भन्दै गाउँको समस्या बुझ्ने खालको जनप्रतिनिधिलाई छान्न मतदातालाई आग्रह गरे । रासस

समयमै सूचना प्राप्त भए मात्रै समस्या समाधानको रणनीति बनाउन सकिन्छ : गृहमन्त्री

इकागज | बैशाख २५, २०७९

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले सत्य, तथ्य, सूचना समयमै प्राप्त गरेमा मात्रै अकल्पनीय घटना घट्न नदिन र...

निर्वाचन देश दुर्घटना हुनबाट रोक्ने अवसर हो: अध्यक्ष लिङ्देन

इकागज | बैशाख २५, २०७९

मकवानपुर - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले तीनै तहको निर्वाचन देशलाई दुर्घटनाब...

नवलपुरको चुनावी अभियानमा होमिए कांग्रेस नेता विनोद चौधरी

इकागज | बैशाख २५, २०७९

नवलपुर - नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस प्रति...

कांग्रेसले रुखमा भोट हाल्छौं भन्दा कारबाही गर्छु भन्ने देउवा कस्ता नेता हुन् ? : ओली

इकागज | बैशाख २५, २०७९

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क...

किन जाँदैनन् उपेन्द्र-बाबुराम गठबन्धनको संयुक्त चुनावी सभामा ?

इकागज | बैशाख २५, २०७९

काठमाडौं - सत्ता गठबन्धनले गर्दै आएको संयुक्त चुनावी सभा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र या...