बागी पौडेलको विरोध गर्दै ‘त्यागी’ पौडेल भन्छन्

‘कृष्णचन्द्र मुख्यमन्त्री बन्नु र बलरामले गाडीमा झन्डा हल्लाएर हिँड्न पाउनु गठबन्धनको देन’

इकागज | बैशाख २२, २०७९

भरतपुर– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले लाभका पद प्राप्त गर्नुमा गठबन्धन दलहरूको ठूलो हात रहेको भन्दै अहिले कांग्रेसको प्रतिद्वन्द्वीता नेकपा (एमाले)सँग मात्र भएको बताएका छन् । 

भरतपुरमा आयोजित गठबन्धन दलको चुनावी आमसभालाई सम्बोधन गर्दै ‘सादगी’ र ‘त्यागी’को उपमा पाएका वैचारिक नेता पौडेलले चितवनका पुराना कांग्रेस नेताहरू जगन्नाथ पौडेल, कृष्णलाल सापकोटा, भीमबहादुर श्रेष्ठ लगायतले कुरा नबुझेको बताए । पौडेल अहिले भरतपुर महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार छन् । 

वरिष्ठ नेता पौडेलले आफूले भरतपुरका स्वतन्त्र उम्मेदवार र तिनका समर्थकलाई सम्झाउने प्रयास गरेको तर उनीहरू भावावेग र उत्तेजनामा रहेको बताए । उनले भरतपुरको चुनावी सभाको मञ्चबाट स्वतन्त्र उम्मेदवारी दिएका नेता र कार्यकर्तालाई सम्झाउँदै भने, ‘गठबन्धन नभएको भए अहिले कृष्णचन्द्र पौडेल कसरी गण्डकीको मुख्यमन्त्री बन्नुहुन्थ्यो ? यहाँको जिउँदो सहिद भनिने बलराम पौडेलले कसरी मन्त्रीको गाडीमा झन्डा हल्लाएर हिंड्न पाउनुहुन्थ्यो ?’ 

उनले माओवादी नेपाली कांग्रेसको सहयात्री भएकाले गठबन्धनकी उम्मेदवार रेणु दाहाललाई निर्वाचित गर्न पनि आग्रह गरे । 
 

चितवनका कांग्रेसीले प्रचण्डलाई भने, ‘हाम्रो सभापति सोझो हुनुहुन्छ, फेरि धोका नदिनुहोला’

इकागज | बैशाख २२, २०७९

भरतपुर – सत्ता गठबन्धनको भरतपुरमा जारी आमसभाका क्रममा चितवन जिल्लाका कांग्रेसका पूर्व सभापति जितन...

रामचन्द्रले जगन्नाथलाई भने, ‘मोटामोटी सहमति बनाऊँ, उम्मेदवारी फिर्ता लिने गरी सभापतिसँग भेटौं’

इकागज | बैशाख २२, २०७९

भरतपुर– सत्ता गठबन्धनले माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई मेयर उम्मेदवार बनाएको...

जगन्नाथ पौडेललाई फकाउन पुगेका रामचन्द्र पौडेलले पाएनन् सकारात्मक प्रतिक्रिया

इकागज | बैशाख २२, २०७९

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सत्ता गठबन्धनका संयोजक रामचन्द्र पौडेल भरतपुर महानगरक...

ढोरपाटन बनाउने अर्यालका योजना : दुई हजारलाई रोजगारी, स्नातकसम्म निःशुल्क अध्ययन

इकागज | बैशाख २२, २०७९

काठमाडौँ - बागलुङको ढोरपाटन नगरपालिकाका मेयरका उम्मेदवार चन्द्र अर्यालले आफ्ना चुनावी प्रतिबद्धता सार्वजन...

काठमाडौँमा सिर्जना सिंहको चुनावी सभा : बाबुराम र नारायणकाजीले सम्बोधन गर्ने

इकागज | बैशाख २२, २०७९

काठमाडौँ – स्थानीय तहको निर्वाचन आउन केही दिनमात्रै बाँकी रहदा उम्मेदवारहरूले प्रचार–प्रसार...

भरतपुरमा आज गठबन्धनको चुनावी सभा : देउवा, प्रचण्ड र नेपालले सम्बोधन गर्ने, शेखर नजाने

इकागज | बैशाख २२, २०७९

काठमाडौँ - सत्तारूढ गठबन्धनले आज चितवनको भरतपुरमा चुनावी सभा गर्ने भएको छ ।  सभालाई प्रधानमन्त्...

संघीयता र लोकतन्त्र रक्षाका निम्ति गठबन्धन गरियो: नारायणकाजी

इकागज | बैशाख २१, २०७९

काठमाडौँ - नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सङ्घीयता र लोकतन्त्र...