एकीकृत समाजवादी छाडेको भोलिपल्टै एमालेमा फर्किए पोखरेल

इकागज | बैशाख १६, २०७९

मकवानपुर- नेकपा एकीकृत समाजवादी मकवानपुरको अध्यक्ष पद त्यागेर पार्टी छोडेको घोषणा गरेको भोलीपल्ट श्रीधर पोखरेल एमालेमा प्रवेश गरेका छन् । 

नेकपा एमाले ८ महिनाअघि नेकपा एकीकृत समाजवादीमा गएका थिए । हेटौंडा उपमहानगरपालिकाको मेयर पद नपाएपछि समाजवादी छाडेका उनी पार्टी छोडेको भोलिपल्टै काठमाडौँ पुगेर अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाउँदै एमाले प्रवेश गरेका हुन् ।

पोखरेललाई नेकपा एमालेका ओलीले काठमाण्डौँमा भएको एक कार्यक्रममा एमालेमा स्वागत गरेका थिए । पोखरेलले बुधबार मात्र नेकपा एकिकृत समाजवादीको अध्यक्ष पद परित्याग गरेका थिए । समाजवादीमा व्यक्तिवाद हाबी भएको, समाजवादीलाई प्रालि बनाइएको भन्दै पोखरेलसहितका नेताहरूले पार्टी परित्याग गरेका थिए ।

उनले अब एमालेको नीति र विधिमा रहने प्रतिवद्धता व्यक्त गरेका छन् । उनी ८ महिनापछि भएपनि आफ्नो घरमा फर्केको भन्दै अध्यक्ष ओलीले उनको प्रशंसा गरेका थिए ।

नेमकिपाको घोषणापत्र सार्वजनिक, एमसीसी पक्षधर पार्टीहरुलाई मत नदिन आग्रह

इकागज | बैशाख १५, २०७९

काठमाडौं - नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले स्थानीय तह चुनावको घोषणापत्र सार्वजनिक गरेको छ ...

उम्मेदवारको मुख नहेरी रुख चिन्हमा मतदान गरौँ : महामन्त्री शर्मा

इकागज | बैशाख १५, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कांग्रेस उम्मेदवारको मुख ...

कांग्रेस प्रवक्ता महत भन्छन्- केशव स्थापितको 'गेम इज ओभर', फेरि फर्केर आउने सपना नदेखे हुन्छ

इकागज | बैशाख १५, २०७९

काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले काठमाडौं महानगरपालिकामा एमालेबाट उम्मेदवार ...

दलका घोषणापत्र : महिलाका विषय कर्मकाण्डी मात्रै, विगतमा केही गरेनन्, फेरि गफ दिए

इकागज | बैशाख १५, २०७९

काठमाडौँ - स्थानीय निर्वाचन–२०७९ नजिकिँदै गर्दा राजनीतिक दलहरूले आफ्ना घोषणापत्र सार्वजनिक ग...

गृहमन्त्री खाणले उम्मेदवारी फिर्ता लिन गरेको आग्रह पौडेलद्वारा अस्वीकार

इकागज | बैशाख १५, २०७९

चितवन - भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मे...