प्रचार साम्रगी हटाइयो

इकागज | बैशाख ११, २०७९

नेपालगञ्ज - आसन्न स्थानीय तह निर्वाचनका लागि यहाँका विभिन्न स्थानमा राखिएका  आचारसंहिताविपरीतका प्रचार साम्रगी हटाइएको छ । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिको निर्णयानुसार ती प्रचार सामग्री हटाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिP । यसअघि सो समितिले आचारसंहिताविपरीतका प्रचार सामग्री हटाउन सचेत गराएको थियो ।

नेपालगञ्जको त्रिभुवनचोक, सदरलाइन, बागेश्वरी मन्दिर लाइनलगायतका क्षेत्रमा रहेका डिजिटल, बोर्ड, फ्लेक्स बोर्ड, झण्डा, ब्यानर प्रहरीले हटाएको हो । निर्वाचन आचारसंहिता २०७८ मा उम्मेदवारको कार्यालयमा तुल (कपडा)मा बनाइएको ३४३ फिटको दलको झण्डा, त्यही नापको चुनाव चिह्नबाहेक दलको प्रचार–प्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स बोर्डलगायतका श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नहुने उल्लेख छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जिल्लामा भएका अन्य निर्वाचन आचारसंहिताविपरीतका कार्य रोक्न अन्य निर्वाचन अधिकृतको कार्यालयलाई पनि जानकारी गराएको बताए ।

यसैबीच बाँकेमा स्थानीय तह निर्वाचनका लागि मनोनयनको सबै तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालयमा सबै सामग्री पुगिसकेको जानकारी दिए ।

गोरखामा केन्द्रको निर्णय लत्याउने तयारीमा कांग्रेस, बोलायो आकस्मिक बैठक

इकागज | बैशाख ११, २०७९

गोरखा - केन्द्रले टुंग्याएर पठाएको भागबण्डालाई स्वीकार गर्ने या नगर्ने भन्‍ने विषयमा छलफल ग...

कांग्रेस सहमहामन्त्री आङ्देम्बेको गृह जिल्लाको पार्टी कार्यालयमा तालाबन्दी

इकागज | बैशाख ११, २०७९

काठमाडौँ- स्थानीय निर्वाचनअन्तर्गत आज मनोनयन दर्ता हुँदै गर्दा कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बेको गृह...

एमालेले पुन: टिकट नदिएपछि त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले पार्टी छोडे

इकागज | बैशाख ११, २०७९

काठमाडौँ - गत निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भुपे...

सिन्धुपाल्चोकमा एमालेले टुंग्यायो उम्‍मेद्‍वार, कुन पालिकामा को ? (सूचीसहित)

इकागज | बैशाख ११, २०७९

काठमाडौँ- नेकपा (एमाले) ले सिन्धुपाल्चोकमा स्थानीय तहको उम्‍मेद्‍वार टुंग्याएको छ । शनि...

कांग्रेसले छान्न सकेन महानगर र उपमहानगरका उम्मेदवार, गएरातिको बैठक पनि निष्कर्षविहीन

इकागज | बैशाख ११, २०७९

​काठमाडौं - नेपाली काँग्रेसले महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवार छान्न गएराति बसेको बैठक पनि ...