डडेल्धुरामा माओवादीले टुंग्यायाे उम्मेदवार, कुन पालिकामा काे ?

इकागज | बैशाख १२, २०७९

डडेल्धुरा - सत्ता गठबन्धन दलबीच सहमति हुन नसकेपछि नेकपा (माओवादी केन्द्र) डडेल्धुराले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ । 

माओवादी केन्द्रले दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात वटै स्थानीय तह प्रमुख र उपप्रमुखको उम्मेवार टुंग्याएको हो ।

कुन पालिकामा माओवादी केन्द्रको उम्मेदवार को ? 
माओवादीले परशुराम नगरपालिकाको मेयरमा शेरसिंह माल ‘डायमण्ड’ र उपमेयरमा विमला महतालाई उम्मेदवार बनाएको छ । माल परशुराम नगरपालिकाका नगर कमिटी अध्यक्ष हुन् । उनी २०७४ सालको स्थानीय तह चुनावमा नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर साउदसँग पराजित भएका थिए । 

माओवादीले आलिताल गाउँपालिका अध्यक्ष पदका लागि शेरसिंह पार्की र उपाध्यक्षमा मैनाकुमारी बोहरा रावललाई उम्मेदवार बनाएको छ । भागेश्वर गाउँपालिका अध्यक्षमा विष्णुप्रसाद पाण्डेय र उपाध्यक्षमा गीता भट्टलाई उम्मेदवार बनाइएको नेकपा माओवादी केन्द्र प्रदेश कमिटी उपाध्यक्ष मानसिंह मालले जानकारी दिए ।

जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाको मेयरमा लक्ष्मण सिंह र उपमेयरमा सशी अवस्थीलाई उम्मेदवार बनाइएको छ । अयमेरु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार माओवादीले दोहोर्‍याएको छ ।

माओवादी केन्द्रले अध्यक्षमा उमेशप्रसाद भट्ट ‘विकास’ र उपाध्यक्षमा कलावती भाडलाई पुनः उम्मेदवार बनाएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा भट्ट र भाड क्रमश: अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए ।

यसैगरी माओवादीले नवदुर्गा गाउँपलिकाको अध्यक्ष पदका लागि धर्मदेव विक र उपाध्यक्षमा बिष्ना बोहरा तथा गन्यापधुरा गाउँपालिका उपाध्यक्षमा चन्द्रबहादुर मल्ललाई उम्मेदवार बनाएको छ । त्यहाँ अध्यक्षको उम्मेदवार भने माओवादीले टुंग्याएकाे छैन ।

एमाले मोहन्याल गाउँ कमिटी उपाध्यक्ष टीकाराम भण्‍डारीले गरे पार्टी परित्याग

इकागज | बैशाख १२, २०७९

काठमाडौँ - नेकपा एमालेका मोहन्याल गाउँ कमिटी उपाध्यक्ष टीकाराम भण्‍डारीले पार्टी परित्याग गरेका...

जनमोर्चा अध्यक्ष केसी भन्छन्– तालमेलमा समस्या आयो, त्यसबाट प्रतिगमनलाई मदत पुग्नेछ

इकागज | बैशाख १२, २०७९

काठमाडौं - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनमा रहेका पाँच दलमा चुनावी तालमेललाई लि...

मनोनयन दर्ताको आज अन्तिम दिन, मकवानपुर काँग्रेसले अझै टुंग्याएन उम्मेदवार

सरिता दाहाल | बैशाख १२, २०७९

मकवानपुर - स्थानीय तहको निर्वाचनको लागि मनोनयन दर्ता गर्ने समय आज अन्तिम हो । मनोनयन दर्ताको केही ...

पोखराका ११ वडामा मात्रै कांग्रेसले उम्मेदवार टुंग्यायो, २२ वडामा अझै अन्यौल

इकागज | बैशाख १२, २०७९

पोखरा- नेपाली कांग्रसले पोखरा महानगरपालिकाका ११ वटा वडामा मात्र उम्मेदवार टुंग्याएको छ । पोखरामा कुल ...

कैलालीमा तीन दलीय गठबन्धन, लामो रस्साकस्सीपछि सिट बाँडफाँटमा सहमति

इकागज | बैशाख १२, २०७९

काठमाडौं - कैलालीमा सत्तारूढ तीन दलबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । स्थानीय तहको निर्वाचनमा नेप...

स्थानीय चुनाव : आज मनोनयन दर्ताको अन्तिम दिन, आजै सूची प्रकाशन हुने

इकागज | बैशाख १२, २०७९

काठमाडौँ- स्थानीय तह सदस्य निर्वाचनका लागि आज सोमबार पनि मनोनयन दर्ता हुँदैछ । आइतबारबाट मनोनयन दर्ता ...

कांग्रेस मकवानपुरले गाउँपालिका प्रमुख-उपप्रमुखका उम्मेदवार टुंगाे लगायो

इकागज | बैशाख १२, २०७९

हेटौंडा - नेपाली कांग्रेस संसदीय समिति मकवानपुरले मकवानपुरको गाउँपालिकाको प्रमुख तथा उपप्रमुखको उम्मे...

एमालेले विराटनगरको मेयरमा थापा र उपमेयरमा कार्कीलाई उम्मेदवार बनाउने

इकागज | बैशाख १२, २०७९

विराटनगर - नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार गएराति अबेर टुंग्या...