गठबन्धनमा महानगर–उपमहानगरको सिट बाँडफाँट आज टुंगो लाग्छ : नेता पुन

इकागज | बैशाख ६, २०७९

कास्की - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेता वर्षमान पुनले सत्ता गठबन्धनमा सिट बाँडफाँटको आज टुङ्गो लाग्ने बताएका छन् । पार्टीको आइटी सेन्टरले आज आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भर्चुअल प्रशिक्षण कार्यक्रममा उनले आसन्न स्थानीय तह निर्वाचनमा छ महानगर र ११ उपमहानगरको सिट बाँडफाँट केन्द्रबाटै मिलाइने बताएका हुन् । दलहरूबीच आ–आफ्नो दाबी रहेकाले मिल्न समय लागे पनि सहमति जुट्ने उनको भनाइ छ ।

नेता पुनले गठबन्धनमा नगरपालिका र गाउँपालिकाको सिट बाँडफाँट पनि मिलाउने कोसिस भइरहे पनि मिल्न नसके गठबन्धनभित्रै पनि प्रतिस्पर्धा हुने जानकारी दिए। उनले भने, 'नगर र गाउँपालिका पनि माथिबाटै मिलाउन कोसिस गरेका छौँ । नमिले गठबन्धनबाटै हामी प्रतिस्पर्धा गछौँ, महानगरको र उपमहानगरको भने आज टुङ्गो लाग्छ ।'

तल्ला तहमा सिट बाँडफाँटका लागि माथिबाट पहिला कुन दलले कति प्रतिशत लिने भनेर सङ्ख्या तय गरेर प्रदेश र जिल्ला समितिलाई मिलाउन सहजीकरण गर्न सकिने नेता पुनको भनाइ छ । नेता पुनले माओवादी केन्द्रले सरकारको नेतृत्व गर्दा गरेका कामलाई व्यवस्थितरूपमा जनस्तरमा पुर्याउन सूचना प्रविधिलाई क्रान्तिकारी साधनका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

माओवादी केन्द्र केन्द्रीय प्रचार विभागका सचिव गोविन्द आचार्यले जनताले बुझ्ने गरी सरल भाषामा प्रापकलाई सुनिश्चित गरेर पाउने गरी पठाउनुपर्ने बताए । राजनीतिक, वैचारिक र नीतिगत उपलब्धिका मुद्दालाई उठाउन उनले आग्रह गरे ।

प्रदेश १ मा एमालेले महानगर र उपमहानगरको प्रमुख-उपप्रमुख सिफारिस गर्दै

बाबुराम भण्डारी | बैशाख ६, २०७९

विराटनगर - नेकपा एमालेले आज प्रदेश १ को एक महानगर र दुईवटा उपमहानगरका मेयर र उपमेयरका आकांक्षीहरूको...

मधेशमा गठबन्धन नहुने संकेत: सबैले आ-आफ्नै उम्मेदवार उठाउँदै

सुभाष कर्ण | बैशाख ६, २०७९

जनकपुरधाम - आगामी स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनबीच भएको चुनावी तालमेलको सहमति मधेश प्रदेशमा...

विमानस्थलमा देखिएको समस्या समाधान गर्न गृहमन्त्रीको निर्देशन

इकागज | बैशाख ५, २०७९

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणविमानस्थलमा देखिएको समस्या समाधान गर्न गृहमन्त्रीको निर्देशनले त्रिभ...

कांग्रेस कास्की सभापति बराल भन्छन्- गठबन्धन टुटेको छैन, म बैठकमै छु

इकागज | बैशाख ५, २०७९

पोखरा - नेकपा एकीकृत समाजवादीले अस्वाभाविक माग राखेको भन्दै कांग्रेस कास्कीका दुई सचिवले विज्ञप्ति...