कांग्रेस कार्यकर्ता चुनावी तालमेलको पक्षमा छैनन्ः गगन थापा

इकागज | बैशाख ५, २०७९

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा कांग्रेसका कार्यकर्ता तालमेलको पक्षमा नरहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले निर्वाचनमा तालमेल गर्न नहुने विषय आफूले पहिलेदेखि नै उठाउँदै आएको बताए । 

उनले पछिल्ला दिनमा ५० भन्दा बढी जिल्लाका आफूले कांग्रेस नेता कार्यकर्तासँग रायसुझाव लिँदा तालमेल गर्न नहुने कुरा आएको जिकिर गरे । थापाले जित्नकै लागि भनेर तालमेल गर्नु बेठिक हुने धारणा पनि राखे । मतदाता र कार्यकर्ताको भावनाविपरीत जबरजस्ती गर्न थाले निर्वाचनको परिणाम फरक हुने सक्ने उनको भनाइ छ ।

स्थानीय निर्वाचनमा पार्टीको तयारीबारे प्रचण्डले आज धारणा सार्वजनिक गर्ने

इकागज | बैशाख ५, २०७९

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पत्रकार सम्मेलन गर्दै...

मकवानपुरमा भागवण्डा टुंग्याउँदै गठबन्धन, हेटौँडाको जिम्मा केन्द्रीय कार्यदललाई

इकागज | बैशाख ५, २०७९

मकवानपुर - मकवानपुरमा सत्तारूढ पाँच दलीय गठबन्धनका दलहरूले आज चुनावी भागबण्डा टंग्याउने तयारी छ ...