मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न एमाले सक्षम छः अध्यक्ष ओली

इकागज | चैत ३०, २०७८

विराटनगर - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न नेकपा एमाले सक्षम रहेको बताएका छन् । 

एमाले विराटनगर महानगरद्वारा आज आयोजित बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनले विभिन्न भाषाभाषी र भूगोलमा बस्ने सम्पूर्ण नेपालीको साझा अभियानबाट सङ्घीय गणतन्त्र र जनतामा सार्वभौमसत्ता निहित गर्ने महान् अभियानमा सरिक बनाउने कार्यमा पार्टी लागेको बताए । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले नेपालको पानी नेपालीको लागि प्रयोग हुनुपर्नेमा जोड दिँदै उद्यमी, व्यवसायीले पर्यटन र निर्यातमुखी उद्योग स्थापना गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने र यसमा आफ्नो पार्टीले सक्दो सहयोग गर्ने उल्लेख गरे । 

उनले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने कोही कसैको कार्यलाई कहिले पनि सफल हुन नदिने दृढता व्यक्त गर्दै जनप्रतिनिधिविहीन स्थानीय पालिका बनाउने षड्यन्त्रलाई नेपाली जनताले नमान्ने बताए । 

अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा हुलाकी राजमार्ग र पूर्वपश्चिम राजमार्गको स्तरोन्नति गर्ने कार्यलाई तीव्रता दिएको तथा विभिन्न विमानस्थलको विस्तार गरी राति सेवा सञ्चालन गराएको दाबी गरे । 

उनले पाँचदलीय गठबन्धनले मुलुकको अर्थतन्त्र धरायसी बनाएको आरोप लगाउँदै निर्माण सम्पन्न गरेका विभिन्न ठेकेदारले भुक्तानी नपाएकोमा गुनासो गरे । 

अध्यक्ष ओलीले विसं २०५१ मा मासिक एक सय रुपैया देखि सुरु गरेको ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता अहिले दैनिक १ सय ३३ कायम भएको र कर्मचारीको सहज जीवनयापनका लागि तलब वृद्धिसमेत गरेको स्मरण गराए । 

कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न पार्टी छोडेर एमालेमा प्रवेश गर्नेहरुलाई पार्टीमा स्वागत गरे ।रासस

नेता र काला व्यापारीले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आयो : लिङ्देन

इकागज | चैत ३०, २०७८

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेता र काला व्यापारीहरूले घरमा नोट थन्क्य...

कांग्रेस नेतृ देउवाले निर्वाचन आयाेगलाई स्मरण गराइन् संविधानकाे धारा ३८ (४)

इकागज | चैत ३०, २०७८

काठमाडौं - नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले निर्वाचन आयोगको पछिल्लो निर्णयमा आपत्ति जनाएक...

ओलीका पालामा ‘भ्रष्टाचार’ भएको भन्दै कांग्रेसले वितरण गर्‍यो गाउँगाउँमा पुस्तिका

इकागज | चैत ३०, २०७८

काठमाडौं - नेपाली कांग्रेसले तत्कालीन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको पालामा विवादमा परेका वि...

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक शुक्रबार

इकागज | चैत २९, २०७८

काठमाडौँ - सत्तारुढ दल नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक वैशाख २ गते...

पार्टीले जनचाहनाअनुसार राजसंस्थाको विचार त्याग्यो: अध्यक्ष थापा

इकागज | चैत २९, २०७८

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनताको भावना तथा चाहनाअनुसार पा...