स्थानीय तह निर्वाचन : रुपन्देहीमा सबै पालिका प्रमुख दोहोरिने दाऊमा

बिक्रम खड्का | बैशाख १, २०७९

बुटवल - स्थानीय तह निर्वाचनको माहोल  तातिँदै गइरहेको छ । पाँच वर्ष कार्यकाल पुरा गरेका जनप्रतिनिधिहरु बाहिरिने र अर्को जनमत लिएर नयाँ जनप्रतिनिधिहरु पालिका प्रमुखहरु आउने तयारीमा छन् । 

पाँच वर्ष पालिकाका हाकेकाहरु सोही पदमा दोहोरिनको लागि हरेक कोणबाट प्रयास गरिरहेका छन् । १६ वटा स्थानीय तह रहेको रुपन्देहीका सबै पालिका प्रमुखहरु पार्टी र जनताले विश्वास गरे फेरि एक पटक सोही पदमा बसेर काम गर्ने लालसा देखाएका छन् । उनीहरुमध्ये अधिकांशको पुन दोहोरिन् पर्ने मुख्य कारण बाँकी रहेका काम पुरा गर्ने रहेको छ । 

रुपन्देहीको जिल्लामा एक उपमहानर, पाँच नगर र १० वटा गाउँपालिका रहेका छन् । ती सबै प्रमुखहरुले अहिले पुन सोही पदमा चुनाव लड्नका लागि लविङ्ग तीव्र बनाएका छन् । बुटवल उपमहानगरपालिकामा पाँच वर्ष अवधि पुरा गरेका वाहालवाला मेयर शिवराज सुवेदी आफुले घोषणा गरेका केही कामहरु अधुरा रहेकोले त्यसलाई पुरा गर्न पुनः निर्वाचन लड्न चाहेका बताए । उनले भने, ‘धेरै काम त भएका छन् तर केही कामहरु जस्तै स्मार्टसिटी, सुकुम्बासी समस्याको स्थायी समाधान जस्ता कामहरु बाँकी रहेका छन् । ती कामहरु पुरा गर्नका लागि अरु आएरभन्दा मलाई बढी सजिलो हुन्छ जस्तो लाग्छ । सुवेदीसहित बुटवलबाट ८ जनाको नाम नेकपा एमाले नगरकमिटिले मेयर पदका लागि केन्द्रमा सिफारिस गरेको छ । 

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर वासु घिमिरे पनि पुनः सोही पदमा दोहो¥याउन चाहेका छन् । त्यसका लागि उनले पार्टी नेतृत्वदेखि स्थानीय नेताहरुसँग लविङ्ग तीव्र बनाएका छन् । त्यसैका लागि उनले  निमार्ण सम्पन्न भइनसकेको टवर उद्घाटनका लागि एमाले अध्यक्ष केपी ओलीलाई ल्याएर उद्घाटन गराए । उनले भने, ‘मैले धेरै काम गरेको छु तर अर्झै पनि केहि काम हरु गर्न वांकी छ, त्यसका लागि थप केहि समय चाहिएकोले म पुन मेयरमै चुनाव लड्ने तयारी गरेको छु ।’रुपन्देहीकै अर्को नगरपालिका देवदह नगरपालिकामा नेपाली कांग्रेसका तर्फवाट निर्वाचन जितेका मेयर हिरा वहादुर केसी पनि पुन निर्वाचन लड्ने तयारीमा रहेका छन् । उनले पनि अधुरा रहेका कामहरु पुरा गर्नकै लागि पुन सोही पदमा निर्वाचन लड्न चाहेका प्रतिक्रिया दिए । उनले भने, ‘पहिलो पटक केही अनुभव र केहि सिकाईहरु भए, पुर्वाधार निमार्ण क्षेत्रमा एतिहासिक काम पनि भए, अझै केहि समय पाएमा देवदहलाई देशकै उत्कउष्ट पालिका बनाउने मसंग योजना छ ।’ 

रुपन्देहीको सैनामैना नगरपालिकामा नेकपा एमाले का उमेदवार चित्र केसीले निर्वाचन जितेका थिए । उनले पनि फेरि सोही पदका लागि तीव्र लविङ्ग गरिरहेका छन् । उनका लागि पनि पाँच वर्ष अवधि छोटो लागेको छ । उनले भने, ‘जनप्रतिनिधिहरु आएपनि सैनामैनामा धेरै काम भए, तर केही काम अझै वाँकी रहेकोले म दोस्रो कार्याकालका लागि इच्छा जाहेर गरेको छु, पार्टीले विश्वास गरेर टिकट दिए र जनताले जिताए धैरैकाम गर्ने छु ।’ रुपन्देहीकै सिदार्थनगर नगरपाकिामा मेयर हरि अधिकारी अहिले पनि सोहि पदमा चुनाव लड्ने तयारीमा छन् । पार्टीले टिकट दिए फेरि मेयर बनेर बस्ने उनको इच्छा देखिन्छ । 

उनले भने, ‘नगर कमिटिले नाम सिफरिस गरेको छ हेरौं पार्टीले के गर्छ, फेरि निर्वाचन जिते सिदार्थनगरमा बाँकी रहेका कामहरु सम्पन्न गर्ने छु ।’ त्यसैगरी रुपन्देहीकै अर्को नगरपालिका लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी पनि पुन सोही पद दोहोराउने दाउमा देखिएका छन् । अघिल्लो पटक स्वतन्त्र रुपमै निर्वाचन जितेका चौधरी यस पटक जनता समाजवादी पार्टी प्रवेश गरेर निर्वाचन लड्ने तयारीमा छन् । 

उनले भने, ‘अझै एक पटक काम गर्न अवसर पाए धेरै काम गर्न सक्छु भन्ने लागेको छ।’ रुपन्देहीमा रहेका १० पालिकाका सबै पालिका अध्यक्षहरु निर्वाचन लड्ने तयारीमा जुटेका छन् । रुपन्देहीको मायादेवी गाउपालिकाका अध्यक्ष धुर्वनारायाण चौधरी, सियारी गाउपालिका अध्यक्ष अयोध्या थारु, शुद्धोधन गाउपालिका अध्यक्ष किशुनचन्द्र चौधरी, कञ्चन गाउपालिका अध्यक्ष गोकर्णसिंह थापा क्षेत्री पुनः निर्वाचन लड्नका लागि सबै तयारी गरेका छन । त्यसैगरी ओमसतिया गाउपालिका अध्यक्ष हिरा केवट जितेको पार्टी माओवादी छोडेर अहिले एमालेमा पवेश गरे । त्यस्तै गैडहवा गाउपालिकाका अध्यक्ष बच्छुलाल केवट, कोटहीमाई गाउपालिका अध्यक्ष चन्द भुषण यादव, मर्चवारी माइगाउपालिका अध्यक्ष केशवानन्द बानियाँ तथा समरीमाई गाउपालिकाका अध्यक्ष जितेन्दनाथ शुक्ला पुन सोही पदमा निर्वाचन लड्ने तयारीमा लागेका छन् । उनीहरु मध्ये टिकट सुनिश्चितताका लागि रोहिणी गाउपालिका अध्यक्ष सनोज कुमार यादव, समरीमाई गाउपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला र ओमसतिया गाउपालिका अध्यक्ष हिरा केवटले पार्टी परिर्वतन समेत गरेका छन् । 

मन्दिर र मस्जिद भत्काउने, गुरु, पुरोहितको बेइज्जत गर्ने असल कम्युनिष्ट होइनन्: उपाध्यक्ष पोखरेल

इकागज | बैशाख १, २०७९

काठमाडौँ - भगवान् महावीर जैनको २६२१औँ जन्म कल्याणक महोत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ । यस अवसरमा न...

विप्लव नेतृत्वको नेकपाले चुनावमा हुने शक्ति र पैसाको दुरुपयोगविरुद्ध संघर्ष गर्ने

इकागज | बैशाख १, २०७९

खोटाङ- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी खोटाङले चुनावमा हुने शक्ति र पै...

गठबन्धनका नाममा चरम स्वार्थी समूह राज्यशक्तिको दुरुपयोगमा सक्रिय छ : ओली

इकागज | बैशाख १, २०७९

काठमाडौँ- आज विक्रम सम्बत् २०७९ को पहिलो दिन, अर्थात् वैशाख १ गते । नयाँ वर्षको अवसरमा नेकपा एमाले अध्यक्...

नयाँ वर्षको शुभकामनासँगै गठबन्धनका उम्मेद्‌वारलाई मतदान गर्न प्रचण्डको अपील

इकागज | बैशाख १, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष विसं २०७९ को शुभकामना दिएका ...

चुनावका लागि कैलालीमा पाँचौ बैठकमा पनि हुन सकेन गठबन्धन दलहरुबीच सहमति

इकागज | चैत ३०, २०७८

धनगढी - आसन्न स्थानीय तह निर्वाचनका लागि सत्तारुढ पाँच दलिय गठबन्धनबीचमा बुधबार सम्मपन्न बैठक बिना निष्कर्...

रेणुलाई चितवनबाट जिताउन पुष्पकमल दाहाललाई गठबन्धन चाहिएको ओलीको आरोप

इकागज | चैत ३०, २०७८

सुनसरी - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा सत्तारुढ...

भूमि व्यवस्थापन सेवालाई थप सहज र पारदर्शी बनाइन्छः मन्त्री श्रेष्ठ

इकागज | चैत ३०, २०७८

काठमाडौँ - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिखत रजिष्ट्रेशन भएको शतवार्षिकीको अवसरमा ...