स्थानीय तह निर्वाचन

महानगर र उपमहागरका उम्मेदवार टुंग्याउन बसेको बैठकमा कांग्रेस शीर्ष नेताहरूबीच चर्काचर्की

इकागज | बैशाख १०, २०७९

काठमाडौँ - आगामी स्थानीय तह निर्वाचनमा महानगर र उपमहागरका उम्मेदवारमा सहमति जुटाउन बसेको कांग्रेस शीर्ष नेताहरूको बैठक विनानिष्कर्ष टुंगिएको छ ।  गएराति अबेरसम्म बसेको कांग्रेस शीर्ष नेताहरूको बैठक उम्मेदवारमा सहमति नजुटेपछि विना निष्कर्ष टुंगिएको हो । 

बैठक राति साढे ११ बजेसम्म बसेको थियो । शुक्रबार साँझ ५ बजे बस्ने भनिएको बैठक राति १० बजे मात्रै सुरु भएको थियो । बैठक शुक्रबार बिहान समेत बसेको थियो । 

शीर्ष तहमा उम्मेदवार टुंग्याएर केन्द्रीय कार्य सम्पादन समितिमा लैजाने तयारी थियो ।  हिजो सहमति नजुटेपछि केन्द्रीय कार्यसम्पादन समिति बैठक आजका लागि सारिएको थियो ।

बैठकमा विराटनगर महानगरपालिको विषयमा टिकट कसलाई दिने भन्ने विषयमा सभापति शेरबहादुर र नेता शेखर कोइरालाबीच बैठकमा चर्काचर्की भएको बैठकमा सहभागी नेताले बताए । उनका अनुसार देउवाले अमृत अर्याललाई उम्मेदवार बनाउन खोजेका छन् । उनी देउवानिकट केन्द्रीय सदस्य हुन् । 

कोइरालाले केन्द्रीय सदस्य भएकालाई महानगरमा उम्मेदवार बनाउन नहुने अडान लिएका थिए । केन्द्रको मान्छेलाई महानगरमा नलैजाऔ भन्ने शेखरको भनाइ थियो । अमृत २० वर्षअघि विराटनगरमा मेयरमा पराजित भएका थिए ।

बैठकमा अन्य महानगरमा समेत सहमति नभएको ती नेताको भनाइ छ । 

आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बिहान ११ बजे बस्ने बैठकले महानगर र उपमहानगरका मेयर र उपमेयर टुंग्याउने तयारी छ । समितिको बैठक यसअघि हिजोका लागि बोलाइएको भए पनि आजका लागि सारिएको थियो। 

एमालेले सार्वजनिक गर्‍यो स्थानीय तह निर्वाचन केन्द्रीय घोषणापत्र

इकागज | बैशाख ९, २०७९

काठमाडौं - नेकपा एमालेले स्थानीय तह निर्वाचनको लागि पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको छ । नेप...

जसपा केन्द्रीय सदस्यद्वय मिक्रानी र घर्तीमगर माओवादीमा प्रवेश

इकागज | बैशाख ९, २०७९

काठमाडौँ- जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्यद्वय डा अब्दुर रहिम मिक्रानी र यमबहादुर घर्तीमगर मा...