सत्तारुढ गठबन्धनले सातै प्रदेशमा चुनावी सभा गर्ने, काठमाडौंमा २२ वैशाखमा शक्ति प्रदर्शन

इकागज | बैशाख ८, २०७९

काठमाडौं - ​पाँचदलीय सत्तारुढ गठबन्धनले सातवटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ। गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्ने छन् ।

कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बिहीबार बसेको बैठकले १८ देखि २२ वैशाखसम्म चुनावी सभा गर्ने निर्णय गरेको हो। 

सातै प्रदेश सदरमुकाममा आयोजना हुने सभालाई पाँचै दलका प्रमुख नेता र गठबन्धनका संयोजकसमेत गरी ६ जना शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। 

जसअनुसार १८ वैशाख बिहान ११ बजे सुदूरपश्चिमको धनगढी र सोही दिन कर्णाली प्रदेशको सुर्खेतमा दिउँसो २ बजे चुनावीसभा हुनेछ । १९ वैशाख बिहान ११ बजे लुम्बिनी प्रदेशको बुटवल र सोही दिन दिउँसो २ बजे गण्डकी प्रदेशको पोखरामा चुनावी सभा हुनेछ ।

यस्तै, २० वैशाख बिहान ११ बजे प्रदेश १ को विराटनगर र सोही दिन दिउँसो २ बजे मधेस प्रदेशको राजधानी जनकपुरमा चुनावी सभा छ । एक दिन खाली राखेर गठबन्धनले २२ वैशाखमा संघीय राजधानी काठमाडौंमा शक्ति प्रदर्शनसहित चुनावी सभा गर्ने भएका छन् ।

सत्ता साझेदारबीच भागबण्डा मिल्यो तर उम्मेदवारको टुङ्गो लगाउन बाँकी

इकागज | बैशाख ८, २०७९

ताप्लेजुङ - आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सत्ता साझेदार दलहरुले पदीय भागबण्डाको टुङ्गो लगाए...

कहीँकतै समस्या परे गठबन्धनभित्रै मित्रतापूर्ण प्रतिस्पर्धा गर्न सकिन्छ : प्रचण्ड

इकागज | बैशाख ८, २०७९

धनगढी- नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समस्या परेका पालिकामा सत्त...

प्रचण्डको आश्‍वासन : पदाधिकारी चयनको निर्णय तत्काल कार्यान्वयन हुँदैन, पार्टीमा छलफल गरेर निर्णय हुन्छ

इकागज | बैशाख ८, २०७९

काठमाडौँ- अनेरास्ववियू (क्रान्तिकारी)को पदाधिकारी चयनमा तीब्र विवादपछि असन्तुष्ट समूहले माओवादी केन्द्रका...

विचार र बाटो परिमार्जन गर्न नसक्नेहरू जडसुत्रमा पतन हुन्छन् : कमल थापा

इकागज | बैशाख ८, २०७९

काठमाडौँ - राष्‍ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले समय, काल, परिस्थिति र जनभावना ...

गठबन्धन भागबण्डा : बालुवाटारमा कुरा मिल्दा स्थानीय तहमा असन्तुष्टि !

इकागज | बैशाख ८, २०७९

काठमाडौं - सत्ता गठबन्धनले आगामी स्थानीय तहका लागि महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा टुंगो लगा...