मकवानपुरको कैलाश र भिमफेदीमा समाजवादीका उम्मेदवार सिफारिस

इकागज | बैशाख ७, २०७९

मकवानपुर - नेकपा (एकीकृत समाजवादी)को तर्फबाट मकवानपुर जिल्लाको भिमफेदी र कैलाश गाउँ कमिटीले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार तय गरेका छन् ।

यी पालिकाहरूमा एकिकृत समाजवादीले कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै मैदानमा जाने तयारी गरेको  छ । पार्टीले कैलाश गाउँपालिका अध्यक्षका लागि कालु ढकाल, टंक मुक्तान र कमल तितुङको नाम सिफारिस गरेको छ । यस्तै, उपाध्यक्षमा फूलमाया गोले र लालिमाया ब्लोनलाई सिफारिस गरेको हो ।

कैलाशका १० वटा वडामध्ये ५ वटा वडामा वडाध्यक्षका सिफारिस गरिएको छ । वडा नम्बर ५ मा सुन्दर तितुङ, ६ मा लिबहादुर घले, ८ मा राजेश लामा मुक्तान, ९ मा नरबहादुर घलानको सिफारिस भएको छ । १० नम्बर वडामा पनि समाजवादीको दाबी रहेको बताइएको छ ।  

यसैगरी जिल्लाको भीमफेदी गाउँपालिकामा पनि आसन्न स्थानीय तहको निर्वाचनको लागि समाजवादीका उम्मेदवार सिफारिस गरिएको हो । नेकपा (एकीकृत समाजवादी) भीमफेदीले स्थानीय तह निर्वाचनका लागि गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ९ वडामा अध्यक्षको सिफारिस गरेको छ ।

पार्टीले अध्यक्षमा शिवहरि बर्तौला, उपाध्यक्षमा गोमा लामालाई सिफारिस गरेको हो । यस्तै, वडा अध्यक्षहरुमा १ मा सुनिल गोले र जीवन घलान, २ मा कर्णबहादुर पाख्रिन र कमल गोपाली, ३ मा गुणबहादुर पाख्रिन र सोम लामा, ४ मा समिर श्रेष्ठ र मन्दिरा चुनीमगर, ५ मा मानबहादुर भोलन र शुक्रबहादुर स्याङ्तानलाई सिफारिस गरेको छ ।

यस्तै, वडा नम्बर ६ विजय लामा र दिनेश पनेरु, ७ मा राजकुमार आचार्य र सञ्जय राना, ८ मा दीपक बस्नेत र अमृत कठायत तथा वडा नम्बर ९ मा अरुण बर्तौला र विनोद बर्तौलाको नाम सिफारिस भएको भीमफेदी इञ्चार्ज शिवहरि बर्तौलाले बताए ।

यी पालिकाहरूमा एकिकृत समाजवादीले कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै मैदानमा जाने तयारी गरेपछि पार्टीभत्रको आकाक्षिहरूलाई गाउँ कमिटी जिल्ला कमिटीमा नाम सिफारिस गरेको पार्टी प्रचार विभाग प्रमुख रामकुरमा एलनले बताए ।
 

सरकारले करको दायरा बढाएर जनतालाई दुःख दियोः अध्यक्ष लिङ्देन

इकागज | बैशाख ६, २०७९

राजविराज - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई समृद्ध बनाउनका लागि ...

गठबन्धनको निर्णय सबैले मान्नुपर्छ, कार्यकर्तालाई सम्झाउनुपर्छ: डा. शशाङ्क

इकागज | बैशाख ६, २०७९

चितवन - नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले गठवन्धनभित्रको तालमेलको विषयमा समितिको निर्णय ...

ललितपुरको मेयरमा विवेकशील साझाले उज्ज्वलकृष्ण श्रेष्ठलाई उम्मेदवार उठाउने

इकागज | बैशाख ६, २०७९

काठमाडौँ - विवेकशील साझा पार्टीले ललितपुर महानगरपालिकाको मेयरमा उज्ज्वलकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाउने...