आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस

इकागज | बैशाख ११, २०७९

काठमाडौँ- सत्तासीन नेपाली कांग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दैछ । 

लोकतन्त्रक दिवसको अवसर पारेर कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने भएको हो  । महामन्त्री गगनकुमार थापा संयोजक रहेको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले घोषणापत्र तयार गरेको हो । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा मध्यान्ह घोषणापत्र सार्वजनिक गरिने केन्द्रीय सदस्य बहादुरसिंह लामाले जानकारी दिए । घोषणापत्रमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षालगातका कार्यक्रमलाई प्राथमिकताका साथ समेटिएको बताए । 

महामन्त्री थापा नेतृत्वको घोषणापत्र तयारी समितिमा यसअघि स्थानीय तहमा अनुभवप्राप्त जनप्रतिनिधिसँगै विकास तथा पूर्वाधार विज्ञ, अर्थ विज्ञलगायत सहभागी थिए ।

यसअघि नेकपा एमाले, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राप्रपा, राप्रपा नेपाल लगायत दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । 

कांग्रेसलाई गठबन्धनको सकस : भुइँको टिप्‍न खोज्दा पोल्टाको पनि गुम्दै

उपेन्द्र अर्याल | बैशाख १०, २०७९

काठमाडौं–सत्ता गठबन्धनमा महानगर र उपमहानगरको भागवण्डा मिलेसँगै उम्मेदवारको टुंगो लगाउन कांग्रेसक...

काठमाडौँ, भरतपुर र पोखरामा चुनौती; विराटनगर, ललितपुर र वीरगञ्ज सहज

उपेन्द्र अर्याल | बैशाख १०, २०७९

काठमाडौँ– आगामी निर्वाचनमा देशभरका ६ वटा महानगरको नेतृत्व कसले हत्याउला भन्ने विषयमा धेरैको चास...

लुम्बिनीको साँस्कृतिक नगरपालिकाका प्रमुख चौधरी लोसपा प्रवेश

इकागज | बैशाख १०, २०७९

बुटवल - लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख मनमोहन चौधरी उम्मेदवारी दर्ताको एक दिनअघि लोकतान्त्रि...

सिन्धुपाल्चोक कांग्रेस-एमाले मिल्ने चर्चापछि गठबन्धन अन्योलमै

इकागज | बैशाख १०, २०७९

सिन्धुपाल्चोक - नेपाली कांग्रेसले एमालेसँग तालमेल गर्ने तयारी गरेपछि सिन्धुपाल्चोकमा पाँच दलीय गठब...

जिल्ला तहमा भइरहेको सिट बाँडफाँटप्रति माधव नेपालको असन्तुष्टि

इकागज | बैशाख १०, २०७९

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भइरहे...

एकीकृत समाजवादीले दुई उपमहानगरको उम्मेदवार टुंग्यायो, बुटवलमा गुरुङ र तुल्सीपुरमा राना सिफारिस

इकागज | बैशाख १०, २०७९

बुटवल - नेकपा (एकीकृत समाजवादी)ले लुम्बिनीका दुई उपमहानगरमा उपप्रमुखको उम्मेदवार टुंग्याएको छ । ...

धनगढी उपमहानगरपालिकाको मेयरको उम्मेदवारमा कांग्रेसबाट नृपबहादुर वड सिफारिस

इकागज | बैशाख १०, २०७९

कैलाली - धनगढी उपमहानगरपालिकाको मेयरको उम्मेदवारमा नेपाली कांग्रेसले पुनः नृपबहादुर वड नै सिफारिस ग...