मध्यपुर थिमीमा ज्वाइँ जेठानकाे भिडन्त

इकागज | बैशाख १२, २०७९

भक्तपुर - भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मयेर पदमा ज्वाइँ जेठानको भिडन्त हुने निश्चित भएको छ । नेकपा एमालेबाट मेयर पदमा उम्मेदबार मदनकृष्ण श्रेष्ठ र नेपाली कांग्रेसबाट मेयर पदकै उम्मेदवार सुरेन्द्र श्रेष्ठबीच भिडन्त हुने निश्चित भएको हो । नाताले मदनसुन्दर र सुरेन्द्र ज्वाइँ जेठान हुन् ।

मध्यपुर थिमीमा मेयरका उम्मेदवार सुरेन्द्र मदनसुन्दरका जेठान हुन् । 

मदनसुन्दर वर्तमान मेयर पनि हुन् । नेकपा एमालेले नयाँ कार्यकालको लागि समेत मदनसुन्दरकै नाम अघि सारेपछि मेयरका लागि ज्वाइँ र जेठानको भिडन्त हुने पक्का भएको हो । 

मध्यपुर नगरको कार्यपालिकामा यसअघि पनि कांग्रेस उम्मेदवारको बहुमत भए पनि लोकप्रिय मतका आधारमा मेयरमा मदनसुन्दर विजयी भएका थिए । नेपाल मजदुर किसान पार्टीसँंग गठबन्धन गरेर मदनसुन्दर मेयरमा विजयी भएका थिए ।

उक्त बेला एमालेबाट मदनसुन्दर मेयर र नेपाल मजदुर किसान पार्टीबाट उपमेयरको भागबन्डा लगाइएको थियो । तर, नेपाल मजदुर किसान पार्टीबाट उपमेयरका उम्मेदवार पराजित भएको थियो । यस नगरपालिकामा नेपाली कांग्रेस, एमाले र नेपाल मजदुर किसान पार्टी बढी बलिया दलहरू हुन् ।  

कपिलवस्तुमा गठबन्धनमा सहमति जुटेन, १० वटै पालिकामा एक्लै चुनाव लड्दै कांग्रेस

इकागज | बैशाख १२, २०७९

बुटवल - नेपाली कांग्रेसले कपिलवस्तुका १० वटै पालिकाको उम्मेदवारको नाम टुंगो लगाएको छ । सत्त...

विराटनगर : गठबन्धनबाट दुवै पदमा पुरुष उम्मेदवार, मेयरमा नागेश र उपमेयरमा उपेन्द्रका छोरा अमरेन्द्र

इकागज | बैशाख १२, २०७९

विराटनगर - सत्ता गठबन्धनले विराटनगर महानगरको मेयरमा कांग्रेसबाट नागेश कोइराला र उपमेयरमा जनता समाजवा...

कांग्रेसले विराटनगर महानगरमा नागेश कोइरालालाई मेयरको उम्मेदवार बनायो

इकागज | बैशाख १२, २०७९

काठमाडौँ - नेपाली कांग्रेसले विराटनगर महानगर पालिकामा नागेश कोइरालाई उम्मेदवार बनाएको छ । सोमबार का...

एमाले भक्तपुरले चारवटै नगरपालिकाको प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम टुंग्यायो

इकागज | बैशाख १२, २०७९

भक्तपुर - नेकपा एमाले भक्तपुरले आसन्न स्थानीय तह निर्वाचनमा नगर प्रमुख तथा उपप्रमुखको उम्मेदवारी टुं...

गठबन्धनबीच सहमति नभएपछि कांग्रेसले दाङका ७ पालिकामा टुंग्यायो उम्मेदवार

इकागज | बैशाख १२, २०७९

काठमाडौं– आसन्न स्थानीय तहको निर्वाचनका लागि दाङमा चार स्थानीय तहबाहेक सत्ता गठबन्धनका दलहरूबीच त...