स्थानीय निर्वाचनपछि देशमा विकासको लहर आउँछः अध्यक्ष ओली

इकागज | बैशाख ४, २०७९

सिमकोट - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कर्णाली करिडोरको स्तर वृद्धि गर्नुपर्ने बताएका छन् । उनले करिडोर निर्माणलाई तीब्रगतिमा अगाडि बढाएर हुम्लाका जनतालाई गुणस्तरीय यातायात सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध भएर लाग्ने बताए । 

एमाले हुम्लाले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले स्थानीय निर्वाचनपछि देशमा विकासको लहर आउने दाबीसमेत गरे । जनताको आर्थिक, सामाजिक तथा समग्र विकासका लागि आफ्नै कार्यकालमा एमाले सरकारले ठूला योजना अघि सारेको उनले दाबी गरे । 

आफू प्रधानमन्त्री हुँदा हुम्लासहित देशभरका जिल्लामा विकास निर्माणले तीब्र गति लिए पनि गठबन्धनको सरकार आएपछि सुस्ताएको आरोप लगाउँदै एमाले अध्यक्ष ओलीले देशको विकास निर्माणले सात महिनापछि पुनः फड्को मार्ने दाबी गरे । 

हुम्लामा टेलिफोन, इन्टरनेट, सडक, रोजगारलगायत छिमेकी देशसँग जोडिएको सिमानाका खुला नहुँदा यहाँका नागरिकले पीडा भोग्नु परेको बताउँदै उनले जिल्लाको उत्तरी नाम्खा गाउँपालिकासहित अन्य पालिकाका अधिकांश वडाहरूमा टेलिफोनले राम्रोसँग काम नगरेको आफूले सुनेको बताए । 

कर्णाली करिडोर हिल्सासम्म जोड्नका लागि आफूले कुरा अगाडि बढाएको जानकारी दिँदै अध्यक्ष ओलीले दुर्गम जिल्लाका नागरिक बिरामी हुँदा उपचार गर्न समस्या भोग्नु परेको बताए । उनले अन्तर जिल्ला जोड्ने निजी एयरलाइन्सले दैनिक एक फ्लाइट गर्न आवश्यक छ भने । 
 
अध्यक्ष ओलीले उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका तीनजना बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क पठनपाठन गराइदिने बताए । 

उनले तिल, जाङ, र हल्जीका गाउँमा रहेका तीनवटै विद्यालयका तीनजना बालबालिकालाई निःशुल्क पठनपाठन गराई दिने बताए । रासस

राप्रपा आफ्नै बलबुतामा स्थानीह तह निर्वाचनमा जान्छ:  अध्यक्ष लिङ्देन

इकागज | बैशाख ४, २०७९

धनुषा - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा कुनै पनि द...

भ्रष्टाचार नियन्त्रण नभए मुलुक भित्रभित्रै सिद्धिन्छ: सभामुख

इकागज | बैशाख ४, २०७९

काठमाडौँ - सभामुख अग्निप्रसाद सापकोटाले बढ्दो भ्रष्टाचारलाई नियन्त्रणका गर्न नसके मुलुक भित्रभित्रै सिद्धिने...

रामचन्द्र पौडेलको नेतृत्वमा रहेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक सुरु

इकागज | बैशाख ४, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा रहेको निर्वाचन तयारी तथा अनुग...

केन्द्रीय समितिको निर्देशनविपरीत पोखरा कांग्रेसले लियो मेयरका आकांक्षीसँग २५ हजार रुपैयाँ

इकागज | बैशाख ४, २०७९

पोखरा - नेपाली कांग्रेसले केही दिनअघि आकांक्षीसँग शुल्क नलिई नाम सिफारिस गर्न सर्कुलर पठाएको थियो...

चुनावमय मुलुक : निर्वाचन केन्द्रित गतिविधिमा केन्द्रित दल र आयोग

इकागज | बैशाख ४, २०७९

काठमाडौँ - निर्वाचन आयोग र सबै राजनीतिक दलका गतिविधि आगामी स्थानीय तह निर्वाचन केन्द्रित छन् । उनीहरूका...

महानगर र उपमहानगरमा तालमेलको निर्णय केन्द्रले गर्छ : कांग्रेस प्रवक्ता महत

इकागज | बैशाख ४, २०७९

काठमाडौँ - नेपाली कांग्रेसले महानगर र उपमहानगरमा तालमेलको निर्णय केन्द्रबाट गर्ने भएको छ । नेपाली...

माओवादी संखुवासभाको आरोप : कांग्रेसले अति उपेक्षा र अबमुल्यन गर्‍यो, गठबन्धन गर्दैनौँ

इकागज | बैशाख ३, २०७९

संखुवासभा - ३० बैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा सत्तारुढ नेपाली कांग्...