नेपाली खाना र स्वादलाई विश्वव्यापी बनाउन मन्त्री आलेको आग्रह

इकागज | चैत २८, २०७८

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाली खानाको स्वाद विश्वव्यापीकरण गर्नमा सेफहरुको महत्वपूर्ण भूमिका रहने बताएका छन् । 

नेपाल पर्यटन तथा होटेल व्यवस्थापन एकेडेमी (नाथुम) ले आज आयोजना गरेको ‘बीबीसी माष्टर सेफ रिम्याच’ प्रतियोगिता २०२१ का अन्तिम चार प्रतिस्पर्धीको स्वागत तथा अभिनन्दन कार्यक्रममा उनले कोभिडका कारण थला परेको पर्यटन क्षेत्रलाई माथि उकास्नका लागि नाथुमका सेफहरुले बनाएका नेपाली खानाको स्वादलाई विश्वव्यापीकरण गर्न जरुरी भएको बताए । 

उनले भने, `कोभिडका कारण हाम्रो उद्योग पर्यटन क्षेत्र निकै धरासायी बनेको छ, अब ती क्षेत्रलाई माथि उकास्नका लागि हाम्रा कला संस्कृतिहरुको प्रचारप्रसार तथा हाम्रा नाथुमका सेफहरुले बनाउने खानाका स्वादलाई विश्वव्यापीरूपमा फैलाउनु पर्‍यो ।` 

यसैगरी मन्त्री आलेले बेलायत ब्रोडकास्टिङका मास्टर सेफको अन्तिम चार प्रतिस्प्रर्धीलाई आज नाथुमको कार्यालयमा स्वागत गर्न पाउँदा निकै खुसी भएकोसमेत बताए । 

यसैगरी मास्टर सेफका प्रतिस्पर्धीहरु नाथुमका कार्यालयमा आउनु भनेको यहाँ अध्यन गर्ने नयाँ तथा युवा पुस्तालाई भविष्य निर्धाणरमा उत्प्रेरित गर्ने आफूले विश्वास लिएकोसमेत मन्त्री आलेले बताए । 

बीबीसी माष्टर सेफ रिम्याच प्रतियोगिता २०२१ का अन्तिम फाइनलिस्ट हुनेमा सन्तोष शाह, श्री एलेक्स वेब, श्री बार्ट भान डरली, सुश्री फिली आर्मिटेज (माटिन) रहेको नाथुमका प्रमुख राजेश उप्रेतीले जानकरी दिए । रासस 

नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नका लागि कुनै कसर बाँकी राख्दैनौं - पशुपति शम्शेर राणा

इकागज | चैत २८, २०७८

कलैया - राप्रपाका पूर्वअध्यक्ष पशुपति शम्शेर राणाले ९४ प्रतिशत सनातन हिन्दू धर्म रहेको नेपालमा धर्म निरपेक्...

व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था जस्ताको त्यस्तै: अध्यक्ष लिङ्देन

इकागज | चैत २८, २०७८

कलैया - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ साल यता व्यवस्था परि...

सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सामाजिक बहिष्कार गरौं- मन्त्री झाँक्री

इकागज | चैत २८, २०७८

काठमाडौँ - शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सामाजिक बहिष्कार गर्नुप...

मिश्रले उठाएको उम्मेदवारप्रति विवेकशीलकै नेताहरूको विरोध, अर्को उम्मेदवार उठाउने तयारी

इकागज | चैत २८, २०७८

काठमाडौँ - विवेकशील साझा पार्टीले काठमाडौँको मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मे...

पाँच दलीय गठबन्धनको संयुक्त वक्तव्य : आपसी मतभेदलाई पन्छाउदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गर्दछौं

इकागज | चैत २८, २०७८

काठमाडौँ - पाँच दलीय सत्ता गठबन्धनले चुनावमा तालमेल गर्ने घोषणा गरेको छ । सोमबार बिहान संयुक्त अपिल ज...