उम्मेदवार सिफारिस गोप्य राख्न जिल्ला सभापतिहरूलाई कांग्रेसको निर्देशन

इकागज | चैत २२, २०७८

काठमाडौँ - नेपाली कांग्रेसको केन्द्रीय कार्यलयले स्थानीय तहका लागि उम्मेदवार सिफारिस गोप्य राख्न भन्दै टेलिफोन गरेको छ । 

केन्द्रबाट नै पाँचदलीय गठबन्धनसहित निर्वाचनमा जाने निर्णय गरेको कांग्रेसले केही समयअघि छिट्टो भन्दा छिट्टो उम्मेदवार टुंगो लगाउन सर्कुलर गरेको थियो । 

सिन्धुपाल्चोकका जिल्ला सभापति जंगबहादुर लामाले केन्द्रीय कार्यालयबाट अहिलेलाई उम्मेदवार भएर आएकाको सिफारिस गोप्य राख्नु र बाँकी सिफारिस अहिले तत्काल नगर्नु भनेको बताए  । उनले भने, `अहिले जहाँ बाट जे आएको छ सबै त्यतिकै राख्नु थप केही प्रक्रिया अगाडि नबढाउनु भनेर टेलिफोन आएको थियो ।` 

कांग्रेस केन्दीय कार्यलय स्रोतले टिकट सिफारिस गरेपनि टिकट कसले पायो भन्ने कुरा गोप्य राख्न जिल्ला सभापतिहरुलाई निर्देशन दिएको बताएको छ ।  स्रोतले भन्यो, `सबै प्रक्रिया पूरा गर्नु तर टिकटका बारेमा कतै केही नभन्नु मात्रै भनेको हो ।` 

स्थानीय तहको निर्वाचनको मनोनयन गर्ने मिति वैशाख ११ लाई तोकिएको छ । कांग्रेसले वैशाख १ गतेसम्म उम्मेदवार टुंगो लगाउन परिपत्र गरेको थियो । तर तत्काललाई यो प्रक्रियापनि रोक्न भनिएकोलेकांग्रेसले उम्मेदवार टुंगो लगाउन अझै ढिला हुने देखिएको छ ।  

कांग्रेसको विधानले वडाध्यक्ष तथा सदस्यको टिकट प्रतिनिधिसभा क्षेत्रीय समिति,गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको टिकट जिल्ला संसदीय समिति, नगरपालिका र उपमहानगरपालिकाको टिकट प्रदेश संसदीय समिति र महानगरपालिकाको टिकट केन्द्रीय संसदीय समितिले दिने व्यवस्था छ ।

राजनीतिक दलले आयोग पुगेर जनाए आचारसंहिता पूर्ण पालना गर्ने प्रतिबद्धता

इकागज | चैत २२, २०७८

काठमाडौँ - आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलले स्वच्छ, स्वतन्त्र, निष्पक्...

पर्सा जाँदै ओली

इकागज | चैत २२, २०७८

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पर्सा जाँदैछन् । पार्टीको पर्सा जिल्ला कमिटीले आयोजना ग...

आयोगले आज ७९ दलसँग छलफल गर्दै, आचारसंहिता पूर्ण पालनाबारे प्रतिबद्धता लिने

इकागज | चैत २२, २०७८

काठमाडौँ - निर्वाचन आयोगले आज स्थानीय तहको निर्वाचनमा भाग लिने दलहरूसँग छलफल गर्ने भएको छ । निर्वाचनमा...

ठूला दललाई भोट दिनु भनेकाे साँढेको अगाडि दुधको बाल्टी थाप्नु जस्तै : लिङ्देन

इकागज | चैत २१, २०७८

भैरहवा - राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेपालका ३ ठूला दल नामले अलग पार्टी भएपनि विचार र व्यवहारले...

सरकार बनाउन मात्र होइन, संविधानको रक्षाका लागि गठबन्धन: गृहमन्त्री

इकागज | चैत २१, २०७८

तनहुँ - गृहमन्त्री बालकृष्ण खाणले वर्तमान गठबन्धन सरकार बनाउन मात्र नभई मुलुकको दीर्घशान्तिको लागि भएको ब...

आरजु राणाले भनिन्, ‘प्रमको भ्रमण नेपाल–भारत सम्बन्धका सबै आयामलाई प्रगाढ बनाउन केन्द्रित’

इकागज | चैत २१, २०७८

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा प्रथम महिला एवं नेपाली कांग्रेस...