एमसीसी विवादपछि पार्टी छाडेका माओवादी नेता माओवादीमै फर्किए

इकागज | चैत १७, २०७८

महोत्तरी - अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गर्ने पार्टी केन्द्रको निर्णयमाथि असन्तुष्टि जनाउँदै पार्टीनै परित्याग गरेका माओवादी  केन्द्रका नेताहरु पुनः पार्टीमा फर्किएका छन् ।

माओवादी केन्द्र महोत्तरीका संयोजकसहित प्रदेशस्तरीय आधा दर्जन नेताले एमसीसी अनुमोदनमा पार्टीले साथ दिएको भन्दै परित्याग गरेका थिए ।

केन्द्रीय समिति बैठकले एमसीसीका बिषयमा पार्टीभित्र उठेका मतभेदहरूलाई सावधान गर्न फोरम सञ्चालन गर्ने निर्णय गरिसकेको छ । प्रदेश इन्चार्ज गणेश साहले प्रेस वक्तब्य नै जारी गरेर पार्टीमा नै बसी बहस गर्न अपिल गरेपछि उनीहरू सहमत भएका हुन् ।

अलग भएको घोषणा गर्ने नेताहरूमा तुलसी ढुङ्गना, रामबहादुर राणा, वैधनाथ यादव, राजन ढुङ्गना, उर्मिला कार्कीलगायत थिए । उनीहरूले अब  पार्टीमा नै कृयाशिल हुने प्रतिबद्धता जनाएका छन् । 

चुनावी खर्च जुटाउन एमालेले ल्यायो `फाइभ थाउजेन्ड बाई फाइभ थाउजेन्ड` अभियान

इकागज | चैत १७, २०७८

काठमाडौँ - एमालेलाई पार्टीको आर्थिक समन्नुतिका लागि ‘फाइभ थाउजेन्ड बाई फाइभ थाउजेन्ड अभियान...

५ वर्षका उपलब्धि उल्लेख गर्दै एमालेले स्थानीय तहमा अलग्गै प्रतिबद्धतापत्र बनाउने

इकागज | चैत १७, २०७८

काठमाडौँ - नेकपा एमालेको स्थानीय तहबाट बनाउने निर्वाचन प्रतिबद्धता पत्रको ढाँचा एउटै हुने भएको छ ।&nbs...

चुनावी तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय, तल्लो तहसम्मै पाँच दलीय संयन्त्र बनाउने

इकागज | चैत १७, २०७८

काठमाडौँ - सत्तारूढ गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । ...

मिथ्या र भ्रामक समाचार प्रवाह हुन थाल्यो, यसले विश्वसनीयतामा ह्रास आउँछ : प्रधानमन्त्री

इकागज | चैत १७, २०७८

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले देशको परिवर्तनमा सञ्चार माध्यमले अहम् भूमिका निर्वाह गरेक...

निर्वाचनमा दलहरू कसरी अगाडि बढ्छन् भन्‍ने जिज्ञासा जनतामा छ : खनाल

इकागज | चैत १७, २०७८

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेपालका चुनौती र सम्भावन...