सानेपामा आज प्रदर्शन नहुने, भोलि भेलामार्फत विरोध जनाउने

इकागज | चैत १३, २०७८

काठमाडौँ - नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष सहमतिबिना नै मनोनयन गरेको भन्दै असन्तुष्ट डा. शेखर कोइराला पक्षधरका तरुण र विद्यार्थीहरूले प्रदर्शन नगर्ने भएका छन् ।

गत शुक्रबार देखि सुरु भएको केन्द्रीय समिति बैठकअघि मनोनयनलाई लिएर विरोध प्रर्दशन गरेका विद्यार्थी नेताहरूले भेलामार्फत सन्देश दिन आजको कार्यक्रम स्थगित गरिएको पूर्व केन्द्रीय सदस्य प्रेमिका रानामगरले जानकारी दिइन् ।

‘आज सानेपामा प्रदर्शन हुँदैन, काठमाडौंमा उपलब्ध साथीहरूको भेला भोलि बोलाईएको छ, सोही भेलाबाट विरोध जनाउने छौँ’ रानाले भनिन् । उनका अनुसार काठमाडौंमा उपलब्ध पूर्व अध्यक्षहरू, पदाधिकारीहरूको भेला भोलि १ बजे अनुपम फूडल्याडमा हुनेछ । 

गत बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेपछि असन्तुष्ट शेखर कोइराला समूहका विद्यार्थी नेताहरूले शुक्रबारको बैठकअघि सानेपामा विरोध प्रदर्शन गरेका थिए ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, निर्वाचनबारे छलफल हुने

इकागज | चैत १३, २०७८

काठमाडौं - नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा आज पनि स्थानीय निर्वाचन केन्द्रित छलफल...

सांसदमाथि भएको आक्रमणबारे छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

इकागज | चैत १३, २०७८

सर्लाही - गृहमन्त्री बालकृष्ण खाणले सर्लाहीको ईश्वरापुर नगरपालिका–६ मा जनता समाजवादी पार्टीका प्रमु...

आत्मनिर्भर अर्थतन्त्र बनाउन उद्योग व्यवसायको आधुनिकिकरण आवश्यक : ओली

इकागज | चैत १२, २०७८

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको पुँजी परिचालन गरी आत्मनिर्भर अर्थतन्त्र बनाउनुपर्ने...

प्रदेशमा उक्लने होइन पालिकामै दोहोरिने मेयरहरूको आकांक्षा

उपेन्द्र अर्याल | चैत १२, २०७८

काठमाडौँ– स्थानीय निर्वाचन नजिकिरहँदा राजनीतिक दलहरूले देशव्यापी कार्यक्रम सुरु गरिसकेका छन् । रा...

राजेन्द्र लिङ्देनको प्रश्न: देउवा, ओली र प्रचण्डलाई कति वर्ष थपिदिँदा देश बन्छ ?

इकागज | चैत १२, २०७८

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विकास र समृद्धिको दृष्टिले...