गठबन्धनले देशभर साझा उम्मेदवार चयन गर्छ - माधव नेपाल

इकागज | चैत ११, २०७८

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तीनवटै तहको निर्वाचनमा सत्ता गठबन्धनले देशभर साझा उम्मेदवार चयन गर्ने बताएका छन् । 

काठमाडौँमा आज आयोजित महिला सङ्गठनको भेला तथा प्रशिक्षण कार्यक्रममा उनले वामपन्थी र लोकतान्त्रिक शक्तिको एकताका कारण लामो सङ्घर्षबाट प्राप्त राजनीतिक व्यवस्था र संविधानको रक्षा भएकाले आगामी निर्वाचनमा देशभर गठबन्धनका साँझा उम्मेदवार तय हुने विश्वास व्यक्त गरे । 

विदेशीहरूको दलाली गर्ने पार्टीसँग आफूहरूको कुनै पनि हालतमा तालेमेल नगर्ने बताउँदै उनले देश र जनताप्रति घात गरेकाले उनीहरूलाई चुनावमा जनताले दण्डित गर्ने ठोकुवा गरे । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले लोकतान्त्रिक मूल्य र मान्यतालाई आफ्नो पार्टीले आत्मसात् गरेकाले देशभक्तहरू पार्टीमा प्रवेश गर्ने महाअभियान सुरु भएको बताए । रासस

कांग्रेस केन्द्रीय सदस्यहरूले भने, ‘गठबन्धन गरे कांग्रेसको हालत भारतमा कांग्रेसआईको जस्तै’

इकागज | चैत ११, २०७८

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा चुनावी गठबन्धनको विपक्षमा मत जाहेर भएको छ ।...

पूर्ण नभए आंशिक तालमेल हुन्छ, गठबन्धन टुट्दैन - प्रवक्ता खतिवडा

इकागज | चैत ११, २०७८

धनुषा - नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धनभित्...

राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन अन्तर निकाय समन्वय र सहकार्य बलियो हुनुपर्छ ः प्रधानमन्त्री

इकागज | चैत ११, २०७८

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय शक्ति राष्ट्रबीच विभिन्न क्षेत्रमा आफ्नो प्रभुत्व ...