स्थानीय तह निर्वाचन केन्द्रित घोषणापत्र बनाउँदै एमाले

इकागज | चैत ९, २०७८

काठमाडौँ- प्रमुख विपक्षी दल नेकपा (एमाले)को नीति अनुसन्धान प्रतिष्ठान र स्थानीय तह परिचालन विभागले स्थानीय तह निर्वाचन केन्द्रित घोषणापत्र बनाउँदै छ । 

घोषणापत्रको मस्यौदा तयार भएपछि गोष्ठी आयोजना गरिने पार्टी संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । 

गोष्ठीपछि केही एजेन्डा समेटेर घोषणापत्रलाई पूर्णता दिने र सार्वजनिक गरिने उनले बताए ।

घोषणापत्रमा मूलभूत रूपमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सरकारले गरेका विकास र समृद्धिसँग सम्बन्धित कामको फेहरिस्त, पार्टीको  प्रदेश र स्थानीय सरकारले गरेका महत्त्वपूर्ण काम र स्थानीय तहको पाँच वर्षे एमाले दृष्टिकोणलाई समेटिने उनको भनाइ छ ।

एमालेले अघिल्लो पटक सार्वजनिक गरेको स्थानीय तहको घोषणापत्रमा समावेश भएको तर कार्यान्वयन नभएका महत्त्वपूर्ण एजेन्डालाई पनि समेट्ने भएको छ ।

तर, कहिलेसम्ममा घोषणापत्र तयार भएर सार्वजनिक हुन्छ भन्ने टुंगो छैन ।  जबकि अबको ३० औं दिनमा स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्नुपर्ने छ । 

आगामी ५१ औं दिन अर्थात् ३० वैशाखमा मतदान हुनेछ ।

चैत मसान्तमै मेलम्चीको पानी राजधानीका धारामा झर्छ - मन्त्री चौधरी

इकागज | चैत ८, २०७८

काठमाडौँ - खानेपानी मन्त्री उमाकान्त चौधरीले यही चैत महिनाभित्रमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वित...

एमाले प्रवेशपछि करिष्माको प्रतिक्रिया : पानी झैँ बग्‍न राजनीतिमा आएकी हुँ

इकागज | चैत ८, २०७८

काठमाडौँ - करिष्मा मानन्धरले गतिवान बन्ने लालसाले एमाले प्रवेश गरेको जनाएकी छिन् । मंगलबार एमाले ...

कमरेड बनिन् करिष्मा

इकागज | चैत ८, २०७८

नयाँशक्ति पार्टी छाडेर अध्ययनमा लागेकी करिष्मा मानन्धरले फेरि एक पटक पार्टी राजनीति सुरु गरेकी छिन् । के...

संसद् विघटनबारे सर्वोच्चको फैसला गलत भनेर जाने हो भने संविधान भत्किन सुरु हुन्छः भुसाल

इकागज | चैत ८, २०७८

काठमाडौँ - नेकपा एमालेका नेता घनश्याम भुसालले संसद् विघटनबारे सर्वोच्च अदालतले गरेको फैसला गलत छ भनेर...

कांग्रेस बागमतीमा समिति र विभागहरू गठन, कार्यकर्तालाई निर्वाचन प्रशिक्षण

इकागज | चैत ८, २०७८

मकवानपुर - नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको हेटौंडामा भएको बैठकले कोषाध्यक्षसहित विभिन्न समित...