राप्रपाले मात्रै देशको मुहार फेर्छ - अध्यक्ष लिङदेन

इकागज | चैत ५, २०७८

सिन्धुली । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाले देशको नेतृत्व नगरेसम्म देशले मुहार नफेर्न दाबी गरेका छन् । 

सो पार्टीले आज सिन्धुलीमा गरेको आमसभामा उनले ठूला दलहरु एउटै सिक्काको दुई पाटा भएकाले कुनै फरक नभएको बताए । 

`कुनै पनि पार्टी, नेताले १०/१० वर्ष मौका पाउँदा पनि देशले मुहार फेर्न नपाएकाले हामी जनताको अदालतमा भन्न आएका हौँ`, उनले भने । 

जनतालाई बुझाउन सके राप्रपाले देश बनाउने भन्दै एकपटक राप्रपालाई सहयोग गर्न उनले अपिल गरे । 

`देशको उत्पादनले नधानेसम्म मुलकमा समृद्धि हासिल गर्न सकिन्न, देशमा उत्पादन भएको बिजुली देशमै खपत गरौँ, विद्युत् उत्पादनमूलक कार्यमा खपत गरे मुलुक आर्थिक रूपमा समृद्ध बन्छ`, उनको भनाइ थियो ।

समाजवाद, विकास र समृद्धिका लागि पार्टी लागिपरेको छ: अध्यक्ष नेपाल

इकागज | चैत ५, २०७८

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई असल कम्युनिष्ट पार्...

माओवादीमा कर्मचारीको जस्‍ताे भूमिकामा बस्नु ठिक लागेन : ठम्मर बिष्ट

इकागज | चैत ५, २०७८

सुर्खेत : मन्त्री पद नपाएको झोकमा सांसद पद र पार्टी छाडेका ठम्मर बिष्टले माओवादीमा कर्मचारी भएर बस्न आवश्य...

अघिल्लो चुनावमा २३ सिटमा झरेको कांग्रेसलाई यस पटक १३ सिटमा झार्नुपर्छ : ओली

इकागज | चैत ५, २०७८

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा अत्याधिक विजय हासिल गर्न एमाले...