राप्रपा नेपाल एक महिनामै ७७ जिल्लामा विस्तार

इकागज | चैत ७, २०७८

काठमाडौँ- कमल थापा नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाललाई पुनर्जागृत गरेको एक महिना पूरा भएको छ । यो अवधिमा ७७ वटै जिल्लामा पार्टीको जिल्ला संरचना खडा गरी जिल्लास्थित निर्वाचन कार्यालयमा राप्रपा नेपालले अभिलेख बुझाएको छ ।

राप्रपा नेपालका महामन्त्री एवं संगठन विभाग प्रमुख राजाराम बर्तौलाले स्थानीय तह निर्वाचनको प्रयोजनको निम्ति देशैभरका ७७ निर्वाचन कार्यालयमा राप्रपा नेपाललाई अभिलेखमा राखी दर्ता गर्न निवेदन दिएको जानकारी दिए ।

उनले भने, '७७ जिल्लामा नै राप्रपा नेपाल दर्ता भएको छ, काठमाडौंस्थित निर्वाचन आयोगमा पनि सम्पूर्ण विवरण पेश गरिएको छ । अब राप्रपा नेपाल दुबोसरि मौलाउने छ ।'

माओवादी त्यागेका कर्णालीका सांसद विष्ट एमाले प्रवेश गर्दै

सुर्खेत - कर्णाली प्रदेश सभा सदस्य, माओवादी पार्टी र प्रमुख सचेतकको जिम्मेवारीबाट राजीनामा दिएका ठम्मर वि...

गठबन्धन होला र चुनाव जितौंला भनेर बस्ने होइन, माओवादी आफ्नै खुट्टामा उभिन्छ : प्रचण्ड

इकागज | चैत ६, २०७८

पोखरा - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी एक्लै, आफ्नै खुट्...

लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ - श्रममन्त्री श्रेष्ठ

इकागज | चैत ६, २०७८

काठमाडौँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपाली बिजनेस काउन्सिल, दुबईका प...

विकास निर्माणका लागि स्थानीय तहको निर्वाचन महत्वपूर्ण अवसर- गृहमन्त्री खाण

इकागज | चैत ५, २०७८

रुपन्देही - गृहमन्त्री बालकृष्ण खाणले आउँदो स्थानीय निर्वाचन विकास निर्माणका लागि महत्वपूर्ण अवसर भएको बता...